बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन्।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

महोत्तरी- पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन्।

triton college

मटिहानीस्थित राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)मा अध्ययन गरेका भूतपूर्व संस्कृत विद्यार्थी समाजको जारी प्रथम सम्मेलनका सहभागी प्रतिनिधिसँग आज बिहान सम्मेलन सफलताको कामना गर्दै वरिष्ठ नेता नेपालले संस्कृत भाषा वैज्ञानिक हुनाका साथै ज्ञानको खानी भएको बताएका हुन्।

बिहान राजकीय संस्कृत विद्यालय परिसर पुग्नुभएका नेपाललाई संस्कृत माविका विद्यालयका विद्यार्थीले वैदिक मन्त्रोच्चारणबीच स्वस्तिवाचन गरेका थिए। संस्कृत मावि र विद्यापीठको अवलोकन गरेका नेपाललाई समाजमा आवद्ध दुवै शिक्षालयका पूर्वविद्यार्थीले स्वागत गर्दै संस्कृत शिक्षा उपेक्षित हुँदै गएको गुनासो गरेका थिए।

सम्मेलनमा सहभागी हुन आएका समाजमा आवद्ध हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शम्भु कोइरालाले मटिहानीको मुख्य आकर्षण संस्कृत शिक्षा भएको उल्लेख गर्दै यसको संवद्र्धनका लागि नेपालको ध्यानाकर्षण गराएका छन्।

सम्मेलनका सहभागीसँग वरिष्ठ नेता नेपालले संस्कृतको संरक्षण र संवद्र्धनमा सबै तहका सरकार र प्रवुद्ध वर्गको निरन्तर सहयोग रहनुपर्नेमा जोड दिए। आफ्नो तहबाट यसका लागि उच्चतम प्रयत्न गरिने नेपालले प्रतिवद्धता जनाए।

corrent noodles
Metro Mart

समाजको प्रथम सम्मेलनमा सहभागी हुन ५० वर्षअघि सम्मका ३ सय पूर्वविद्यार्थी अहिले मटिहानी पुगेका छन्।

शुक्रबार सुरु भएको सम्मेलनको उद्घाटन गर्दै प्रदेश २ का प्रमुख तिलक परियारले सबै संस्कृति परम्परा र भाषाले संवद्र्धनको अवसर पाउनुपर्ने उल्लेख गरे। समारोहमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मटिहानी धार्मिक र पुरातात्विक महत्त्वको ठाउँ भएको उल्लेख गर्दै यसको विकासमा प्रदेश सरकारले पहलकदमी लिएको बताएका थिए।

मटिहानीमा वैदिक भाषा संस्कृतको पठनपाठन हुने मावि र उच्च शिक्षा पठनपाठन हुने विद्यापीठसहित मुलुकभरिका मठ र गुठीमध्ये मुख्य मानिँदै आएको लक्ष्मीनारायण मठ छ। नेपाल–भारत सीमा क्षेत्र अवस्थित मटिहानी रामायणकालमा राम जानकीको विवाहमा वेदी बनाइने माटो मटिहानीकै लक्ष्मीसागरबाट लगिएको विश्वास गरिन्छ।

रासस

प्रकाशित: Nov 16, 2019| 06:46 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।