शुक्रबार, वैशाख ७, २०८१

पर्यटक लोभ्याउँदै टीकापुर पार्क

कैलालीको सुन्दर नगरी टीकापुरमा अवस्थित नेपालकै ठूलो तथा सुन्दर पार्क टीकापुर पार्कमा यतिखेर निकै चहलपहल छ।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

धनगढी- कैलालीको सुन्दर नगरी टीकापुरमा अवस्थित नेपालकै ठूलो तथा सुन्दर पार्क टीकापुर पार्कमा यतिखेर निकै चहलपहल छ। चाडपर्व सकिएसँगै वनभोज र घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले टीकापुर पार्क यतिबेला भरिभराउ हुने गर्छ। पार्कको सुन्दरताले त्यहाँ पुग्ने सबैलाई मन्त्रमुग्ध बनाउने गर्छ। पार्ककै छेउबाट बग्ने कर्णाली नदीले त झन् कसलाई रोमाञ्चित गर्दैन होला र?

triton college

पार्कको यसै सुन्दरताका कारण सार्वजनिक बिदाका दिनमा यहाँ आउनेको संख्या एकै दिन १० हजार पनि पुग्ने गरेको छ। पार्क व्यवस्थापन समितिका इञ्चार्ज अर्जुन कुँवरले पिकनिक र घुमघामका लागि आउनेको संख्या दिनानुदिन बढ्दै गएको बताए। तिहारमा देउसी-भैलो खेलेर जम्मा पारेको पैसाले अधिकांश यस क्षेत्रमा पिकनिकका लागि आउने गरेका छन्। टीकापुर पार्कमा कैलालीसंगै दाङ, बाँके, वर्दिया र कञ्चनपुरबाट पनि पार्कमा घुम्नका लागि आन्तरिक पर्यटक आउने गरेका छन्। अन्य समय सुनसान हुने टीकापुर पार्क यो समय सधैं भरिभराउ हुने गर्छ। पार्कमा दिनप्रतिदिन चलहलपहल बढेसंगै सरसफाइ र सुरक्षामा कठिनाइ हुने गरेको कुँवरले बताए।

टीकापुर पार्क टीकापुरको मुख्य बजारबाट ४ किलोमिटर दक्षिण-पूर्व कर्णाली नदी किनारमा अवस्थित छ। २०२४ सालतिर कञ्चनपुरको शुक्लाफाँटामा सिकार खेल्न आएका बेला तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह मुटुको समस्याले बिरामी परेका थिए। स्वच्छ वातावरण भएका ठाउँमा आराम गर्न उनलाई चिकित्सकले सल्लाह दिए। उनी यहीँ आएर आराम गरेपछि सन्चो भए। २९ दिन बसेर राजा फर्किएपछि यो ठाउँले उद्यानको योजना पाएको थियो।

corrent noodles
Metro Mart

२०२८ सालमा गठित टीकापुर विकास समितिले पनि यहाँ संरचना थप्ने योजना अघि बढायो। तत्कालीन सरकारले ३ हजार १ सय ३३ बिघा वनसहितको भूभाग उक्त समितिलाई दिएको थियो। योजनाको आवश्यकता अनुसारको क्षेत्रमा वन फाँडेर पनि संरचना निर्माणका काम भए। राजाले आराम गर्नका लागि बनाएका संरचनालाई पहिले-पहिले ‘बंगला’ भनेर चिनिने क्षेत्र नै कालान्तरमा टीकापुर पार्कमा रुपान्तर भयो।

पार्कले अहिले करिब ८६ बिघा क्षेत्रफल ओगटेको छ। यति ठूलो क्षेत्रफलमा फैलिएको सार्वजनिक उद्यान मुलुकमा अन्त कतै छैन। टीकापुर बृहत् उद्यान नाम दिइएको पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम गृह र ऐश्वर्य वाटिका जोडिएका छन्। यी सबैलाई एकीकृत गरेपछि नदी किनारको क्षेत्र टीकापुर बृहत् पार्क बनेको हो। नदी किनारैकिनार नर्सरी छ। पूर्वपट्टि कर्णाली नदी र घनाजंगल, उत्तरमा पहाडी चुचुराको दृश्य यहाँबाट मनमोहक देखिन्छ। टीकापुर पार्ककै तटमा कर्णाली नदीका छालहरू सुसाउँदै बग्ने गर्छ। रानी जमरा-कुलरीया कुलो सिँचाइ आयोजनाका लागि नदी किनारमा बनाइएको तटबन्धले पार्कलाई बाढीबाट बचाउनुका साथै सुन्दरता पनि थपिदिएको छ।

प्रकाशित: Nov 16, 2019| 03:24 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।