बिहीबार, वैशाख १३, २०८१

विवाहपञ्चमीलाई लक्षित गर्दै जनकपुरधाममा मदिरा निषेध

रामसीता विवाह महोत्सवलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा माछा–मासु तथा मदिरा निषेध गरेको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

जनकपुरधाम- रामसीता विवाह महोत्सवलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा माछा–मासु तथा मदिरा निषेध गरेको छ।

triton college

विवाहोत्सवमा देश विदेशबाट लाखौं दर्शनार्थी भक्तजन आउने भएकोले जिल्ला प्रशासन कार्यालय धनुषाले माछा–मासु तथा मदिरा बिक्रीवितरण एवम् सेवनमा रोक लगाएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले रामजानकी विवाहोत्सवलाई मध्यनजर गरी १२ मंसिरदेखि १६ गतेसम्म जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वार/सीमा एवं जनकपुरधामस्थि परिक्रमा सडक र परिक्रमा क्षेत्रभित्र माछा–मासु तथा मदिरा बिक्रि वितरण, सेवन र कारोबारमा रोक लगाउने निर्णय भएको जानकारी दिए।

निर्णय कार्यान्वयन गर्न सरोकारवाला व्यवसायी, बुद्धिजीवी एवम् सर्वसधारणलाई आग्रह गर्दै उल्लंघन गरेका खण्डमा प्रचलित कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

यसका साथै विवाहोत्सवलाई ध्यानमा राख्दै घरआँगन, सडक, पेटी, नालालगायतका स्थान सफा राख्न व्यवसायी, नागरिक समाज, सरसफाई अभियान्ता सबैलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ।

corrent noodles
Metro Mart

मंसिर १५ गते मनाइने रामजानकी विवाहोत्सवमा सहभागी हुन १२ मंसिरमा भारतको अयोध्या, वृन्दावनलगायतका विभित्र स्थानबाट जन्तीको रुपमा साधुसन्त आउने कार्यक्रम रहेको छ।

विवाहोत्सव मूल समितिले भव्यताका साथ रामजानकी विवापञ्चमी मनाउन साताव्यापी कार्यक्रम सार्वजनिक गरेको छ।

प्रकाशित: Nov 15, 2019| 13:33 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।