शुक्रबार, वैशाख ७, २०८१

नासपाती पनि तस्करी

सशस्त्र प्रहरीको टोलीले धनुषाबाट भारतीय पिकअप गाडीसहित नासपाती नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

जनकपुरधाम- सशस्त्र प्रहरीको टोलीले धनुषाबाट भारतीय पिकअप गाडीसहित नासपाती नियन्त्रणमा लिएको छ।

triton college

सीमा क्षेत्रको धनुषाको देउरीबाट सशस्त्र प्रहरीको टोलीले १ हजार ७ सय २५ केजी चाइनिज नासपाती नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी धनुषाका सहायक प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटेको टोलीले जनकपुरबाट देउरीतर्फ जाँदै गरेको बीआर ३२ जीए ५०५८ नम्बरको भारतीय गाडीलाई चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा गाडीबाट नेपाल हुँदै अवैध रुपमा भारततर्फ लग्दै गरेको प्रति कार्टुन १५ केजीको दरले १ हजार ७ सय २५ केजी चाइनिज नासपाती बरामद भएको सशस्त्र प्रहरी बलको कार्यालय धनुषाले जनाएको छ।

प्रति केजी रु.१५० को दरले बरामद गरिएको चाइनिज नासपातीको मूल्य २ लाख ५८ हजार ७५० रहेको जनाइएको छ। पिकअप र नासपाती नियन्त्रणमा लिएपनि चालक भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको नासपाती र गाडी आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको छ।

प्रकाशित: Nov 15, 2019| 11:47 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।