शनिबार, वैशाख ८, २०८१

लिम्पियाधुराबारे सर्वोच्चको कारण देखाऊ आदेश

प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले प्रस्तुत मुद्दालाई अग्राधिकार दिने र मुद्दाका प्रतिवादीहरूसँग लिखित जबाफ माग्ने भन्दै कारण देखाऊ आदेश जारी गरेको हो
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं - लिम्पियाधुरालाई नेपालको नक्सामा नसमेटिएको सन्दर्भमा शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

triton college

प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले प्रस्तुत मुद्दालाई अग्राधिकार दिने र मुद्दाका प्रतिवादीहरूसँग लिखित जबाफ माग्ने भन्दै कारण देखाऊ आदेश जारी गरेको हो।

नेपालको राजनीतिक नक्सामा अभिन्न भूभाग लिम्पियाधुरा छुटाएर राष्ट्रघात गरेकोले सो गलत नक्सा हटाई लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्न माग गर्दै गत बुधबार ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल र अधिवक्ता सुजित केसीले रिट दायर गरेका थिए ।

नापी विभागले तीन महिनाअघि नेपालको नयाँ नक्सा जारी गरेको थियो । सो गलत नक्सा हटाई लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुपर्ने माग रिटमा गरिएको छ ।

प्रकाशित: Nov 15, 2019| 09:32 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।