शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • धरानमा नेकपा-कांग्रेस प्रतिस्पर्धा : थपिएका १३ हजार मतदाता निर्णायक

धरानमा नेकपा-कांग्रेस प्रतिस्पर्धा : थपिएका १३ हजार मतदाता निर्णायक

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाका बलिया उम्मेदवार प्रकाश राईसँगको प्रतिस्पर्धा कांग्रेसका तिलकलाई त्यति सहज छैन।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

धरान - धरान उपमहानगरपालिकामा उपनिर्वाचनको चहलपहल बढेको छ।  मंसिर १४ गते प्रदेश १ का दुई स्थानीय तह प्रमुखसहित ८ जनप्रतिनिधिका लागि मतदान हुँदै छ। 

धरानकाे मेयरमा नेपाली कांग्रेसका तिलक राई र नेकपाका प्रकाश राईबीच भिडन्त हुने देखिन्छ।

triton college

तिलक २०७४ को चुनावमा मेयर पदमा पराजित भएका थिए । यसपटक उनले बाजी मार्लान् या फेरि हार व्यहाेर्लान् ? धेरैलाई अनुमान लगाउन कठिन छ।

२०४९ मा एमालेका ध्यानबहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङ्बोले चुनाव जितेको धरानको मेयरमा २०७४ मा पनि एमालेकै तारा सुब्बाले जितेका थिए। पार्टी एकीकरण भएपछि झनै जित सुनिश्चित भएको धरानका नेकपा नेता भीमज्वाला राई बताउँछन्।


सत्तारुढ नेकपाका नेताहरुले चुनाव सहजै जित्ने सार्वजनिक अभिव्यक्ति दिइरहँदा कांग्रेसले पनि जित्ने दाबी गर्दै आएको छ। धरानका कांग्रेस नेता किशोर राई स्थानीय, प्रदेश र संघमा नेकपाको सरकारसँग असन्तुष्ट मतदाताले धरानको मेयरमा कांग्रेसलाई विजयी गराउने बताउँछन्।

यस्तो थियो अघिल्लो स्थानीय चुनावको अंकगणित

corrent noodles
Metro Mart

७९ हजार २ सय ९० मतदाता भएको २०७४ असार १४ को चुनवामा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बाले कांग्रेस उम्मेदवार तिलक राईभन्दा ४ हजार ८ सय ७३ मत बढी ल्याएर विजयी भएका थिए।


सुब्बाले २०७४ असार २६ गते २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हालका मेयरका उम्मेदवारसमेत रहेका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए भने तत्कालीन माओवादीका उम्मेदवार आइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए।

धरानको चुनावमा नेकपा र नेपाली कांग्रेसले आ–आफ्नो जितको आँकलन गर्दै आएका छन्। नेकपाले पुरानो मतसंख्या देखाएर जित्ने विश्वास गरेको छ भने कांग्रेसले सरकारसँग असन्तुष्ट मत आउने भन्दो जित्ने दाबी गरिरहेको छ।


तर, जानकारहरु भने थपिएका नयाँ मतदाताले नै को जित्ने र को हार्ने टुंगो गर्ने बताउँछन् । ७९ हजार २ सय ९० मतदाता रहेको दुई वर्षअगाडिको चुनावमा भन्दा यो चुनावमा १३ हजार ५ सय ५६ मतदाता थपिएका छन्।


नयाँ मतदाताको भोटिङ ट्रेन्डले चुनावी चित्र आउने विश्लेषक चेवन राई बताउँछन् । ‘पुरानो चुनावमा तत्कालीन एमाले र अहिलेका उम्मेदवारको फरक ५ हजार हाराहारी मात्रै छ’, उनी भन्छन्, ‘अहिले ६९ हजार २ सय ९० मतदाता बढेर ९२ हजार ८ सय ५३ पुगेका छन् । उनीहरुको ढल्काइ जता हुन्छ जित त्यतै हुन सक्छ ।’

प्रकाशित: Nov 15, 2019| 07:15 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।