शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-भारत सीमा विवादमा चीनले मुख खोल्यो : संवादबाट समस्या समाधान गरौं

नेपाल-भारत सीमा विवादमा चीनले मुख खोल्यो : संवादबाट समस्या समाधान गरौं

चीनले नेपाल-भारत सीमा विवाद वार्ताका माध्यमबाट टुङ्ग्याइनुपर्ने बताएको छ। बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको हो।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं - चीनले नेपाल-भारत सीमा विवाद वार्ताका माध्यमबाट टुङ्ग्याइनुपर्ने बताएको छ।

triton college

बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको हो।

नेपाल र भारतबीच कालापानी क्षेत्रमा देखिएको विवाद मित्रवत परामर्श र वार्ताको माध्यमबाट समाधान होस भन्ने चिनियाँ पक्षको चाहना रहेको विज्ञप्तिमा उल्लेख छ। नेपाली पक्षको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सधै सम्मान गर्ने बताउँदै चीनले उक्त क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।

‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र संवादमार्फत् कालापानीको विवाद समाधान गर्नेछन् भन्नेमा विश्वास व्यक्त गर्न चाहन्छ।’, विज्ञप्तिमा भनिएको छ।

यसैबीच चीनले नेपालको सीमा नमिचेको दाबी गरेको छ। केही व्यक्ति तथा मिडियाले चीनले नेपालको सीमा मिचेको आरोप लगाएकोमा दु:ख व्यक्त गर्दै उसले आफूले सधैं नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको र यस्ता आरोप आधारहीन रहेको उसले बताएको छ।सीमाका विषयमा सहकार्य गर्न आफूहरु सदैव तयार रहेकोसमेत चीनको भनाइ छ। 

प्रकाशित: Nov 14, 2019| 14:24 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।