बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ मा स्थानीय जनप्रतिनिधिको सनाखत सुरु, राजपाबाट निर्वाचितमध्ये झन्डै आधा जसपामै!

प्रदेश २ मा स्थानीय जनप्रतिनिधिको सनाखत सुरु, राजपाबाट निर्वाचितमध्ये झन्डै आधा जसपामै!

त्यस्तै, महोत्तरीमा तत्कालीन राजपाबाट निर्वाचित भएका २ सय १५ जनप्रतिनिधिमध्ये १ सय २ जनाले सनाखत गराएको जानकारी नेता अभिराम शर्माले जानकारी दिए।
 |  मंगलबार, भदौ १५, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, भदौ १५, २०७८

जनकपुरधाम- नेकपाबाट अलग भएर दर्ता भएको नयाँ दल नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीका लागि प्रदेश २ मा मंगलबारदेखि सनाखत शुरु भएको छ। मंगलबार नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिहरूले जिल्ला स्थित निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गराएका हुन्। 

triton college

निर्वाचन आयोगले नयाँ दलमा जान चाहने जनप्रतिनिधिहरुलाई भदौ १ देखि भदौ २२ गतेसम्मको समय दिएको छ। मंगलबार पहिलो दिन लोसपामा जान चाहने प्रदेश २ मा स्थानीय तहका जनप्रतिनिधिले सनाखत गराएका हुन्। 

धनुषामा तत्कालीन राजपाबाट निर्वाचित भएका १ सय १२ जनप्रतिनिधिमध्ये ५४ जनाले लोसपाको पक्षमा सनाखत गरेका छन्। निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिन आफैं निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था अनुरुप जनप्रतिनिधि स्वयं उपस्थित भएर सनाखत गरेका हुन्। 

त्यस्तै, महोत्तरीमा तत्कालीन राजपाबाट निर्वाचित भएका २ सय १५ जनप्रतिनिधिमध्ये १ सय २ जनाले सनाखत गराएको जानकारी नेता अभिराम शर्माले जानकारी दिए। पर्सा र सर्लाही जिल्लामा भने सनाखत सुरु हुन नसकेको सम्बन्धित जिल्ला निर्वाचन आयोगका कार्यालयहरुले जनाएका छन्। 

धनुषामा १८ स्थानीय तहमध्ये नगरपालिका हुन् भने ६ गाउँपालका हुन्। १२ नगरका  नगरप्रमुख/उपप्रमुख ६ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, १ सय ६९ वडाध्यक्ष, ६ सय ४३ वडासदस्य गरी जम्मा ८४८ जना जनप्रतिनिधि छन्। यीमध्ये तात्कालीन राजपाबाट २ जना नगर प्रमुख, २ जना नगर उपप्रमुख, २१ जना वडाअध्यक्ष र ८७ जना वडासदस्य गरी १ सय १२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह तत्कालिन राजपाबाट निर्वाचित भएपनि राजपा र समाजवादी पार्टी एकीकरण पछि बनेको जसपामा नै छन्। तत्कालीन समाजवादी पार्टीबाट निर्वाचित भएकाहरूले भने लोसपा रोजेका छैनन्।

corrent noodles
Metro Mart

त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने बताएका छन् भने लोसपाका प्रदेश सांसदहरुले बिहीवार सनाखत गर्नेछन् । 

शुक्रबारदेखि एकीकृत समाजवादी पार्टीका र लोसपाबाट छुटफुट भएका स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गर्ने कार्यक्रम रहेको निर्वाचन आयोग प्रदेश २ प्रमुख पुष्पा झाले जानकारी दिइन्। 

त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका जनप्रतिनिधिले बुधबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने तयारी गरेका छन्। एमाले छोडेर नयाँ पार्टीमा प्रवेश गरेका प्रदेशसभा सदस्यले बुधबार सनाखत गर्ने तयारी रहेको एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बताए। ‘भोलि निर्वाचन कार्यालय गएर सनाखत गर्छौं, पर्सि बैठक बसेर संसदीय दलको नेता चयन गर्छौं,’ महतोले भने।

लोसपातर्फ लागेका प्रदेश सांसदले भने एक–दुई दिनभित्रै सनाखत गर्ने बताएका छन्। त्यसका लागि बुधबार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी जनकपुरधाम आउँदै छन्। त्यसपछि प्रदेश सांसदले नयाँ पार्टी प्रवेश गरेको निर्वाचन आयोगलाई जानकारी दिने तयारी रहेको लोसपा नेता वृषेशचन्द्र लाल बताए।

प्रकाशित: Aug 31, 2021| 20:09 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।