काठमाडौं- पछिल्लो समय मधुमेह मानिसको आम समस्या बनेको छ।
दक्षिण एसिया क्षेत्रीय स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार दक्षिण एसियामा ९ करोड १० लाख मानिस मधुमेहबाट प्रभावित छन्। तीमध्ये ४ करोड १० लाख मानिस आफूलाई मधुमेह लागेको थाहा नपाउने छन्।
खानपान र जीवनशैलीमा सुधार गर्न सके मधुमेहबाट जोगिन सकिने चिकित्सक बताउँछन्।
वरिष्ठ चिकित्सक अंशुमाली जोशीका अनुसार मधुमेह लागेपछि देखिने लक्षण र बच्ने उपाय यसप्रकार छन्।
लक्षण
-खाना रुचेर पनि तौल घट्दै जाने।
-पिसाव सामान्यभन्दा धेरै पटक लाग्ने।
-मुख सुख्खा हुने, प्यास धेरै लाग्ने।
-भोक बढी लाग्ने तर दुब्लाउँदै जाने।
-कमजोरी हुने र खुट्टा झम्झमाउने।
-खुट्टा पोल्ने ।
-पिसावमा कमिला देखिने।
-घाउ छिटो निको नहुने।
कसरी बच्ने ?
-हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने।
-मधुमेह बिरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने।
-सामान्य खानपान अपनाउनु राम्रो। क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजको कम सेवन गर्नु राम्रो।
-व्यायाम नियमित गर्ने। ब्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।
-दिनमा कम्तिमा आधा घण्टा हिँड्ने।