बुधबार, वैशाख १२, २०८१

कर्णालीमा दुई पदका लागि ९ जनाको उम्मेदवारी

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका कर्णाली प्रदेशमा दुई पदको लागि ९ जनाको उम्मेदवारी परेको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

सुर्खेत- आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका कर्णाली प्रदेशमा दुई पदको लागि ९ जनाको उम्मेदवारी परेको छ।

triton college

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र सल्यानको कुमाख गाउँगालिका–५, का वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

खार्पुनाथमा उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्। जसमा नेपाली कांग्रेसबाट तारा शाही, नेकपाबाट रुपा शाही, संघीय समाजवादी पार्टीबाट लिला रावल र राप्रपा संयुक्तबाट दिपबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।

नेकपाले २०७४ वैशाख ३१ गते सम्पन्न निर्वाचनमा त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका थिए। नेकपाले भने उपनिर्वाचनमा पनि गत निर्वाचनमा पराजित शाहीलाईनै पुनः उम्मेदवार बनाएको छ। खार्पुनाथलाई कांग्रेसले आफ्नो पकेट क्षेत्रका रुपमा लिँदै आएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको गाउँपालिका भएका कारण उपनिर्वाचनलाई कांग्रेसले प्रतिष्ठाको विषय बनाएको छ। गत जेठ ३ गते सिमकोटबाट गाउँपालिकाको केन्द्र जाने क्रममा बोलेरो जिप कर्णाली नदीमा दुर्घटना हुँदा उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएको थियो।

corrent noodles
Metro Mart

खार्पुनाथमा तीन हजार एक सय ८७ जना मतदाता छन्। गाउँपालिकाको वडा नं. १ मा ८८९, वडा नं. २ मा ४८०, ३ मा ३२३, ४ मा ६४२ र ५ मा ८५३ जना मतदाता छन्। निर्वाचन अधिकारी महेश शर्माका अनुसार त्यहाँ पाँचै वटा मतदान केन्द्र तोकिएको छ।

त्यस्तै सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि स्वतन्त्र सहित ५ जनाको उम्मेदवारी परेको छ।

वडाध्यक्ष पदका लागि नेकपाको तर्फबाट धर्मे बुढाथोकी, कांग्रेसबाट खड्गबहादुर बोहोरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै दलविर बस्नेत र चित्रप्रकाश गिरीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए।

एक हजार आठ सय ३९ जना मतदाता रहेको वडामा एउटा मात्रै मतदान केन्द्र तोकिएको छ। तत्कालीन माओवादीबाट निर्वाचित वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख बनेपछि त्यहाँ वडाध्यक्ष पद रिक्त छ।

प्रकाशित: Nov 13, 2019| 09:39 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।