बिहीबार, वैशाख १३, २०८१

बजेट दुरुपयोग : बीच सडकमै चापाकल

धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको कोषको पैसाले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित बीच बाटोमै चापाकल गाडिएको छ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

जनकपुरधाम - जनकपुरमा संसदीय विकास कोषको पैसा दुरुपयोग भएको छ। धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको कोषको पैसाले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित बीच बाटोमै चापाकल गाडिएको छ।

triton college

कोषबाट राजपा नेपाल धनुषाका कार्यकर्ता रामचन्द्र पजियारले चापाकल गाड्ने योजना पाएका थिए। पजियारले आफ्नो घरअगाडि बीच सडकमै चापाकल गाडेपछि बटुवा र सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।

योजनाका उपभोक्ता समिति अध्यक्षसमेत रहेका पजियारले ठाउँ अभाव कारण बीच सडकमै चापाकल गाडेको बताएका छन्।

योजना कार्यान्वयन गर्नुपूर्व वडा र उपमहानगरपालिकासँग समन्वय गर्नुपर्ने भए पनि त्यसो नगरिएको वडा नम्बर २ का अध्यक्ष शिवकुमार साहले बताए। चापाकल गाड्नुपूर्व आफूहरुसँग कुनै समन्वय नभएको साहको भनाइ छ।

कोषको योजनाअन्तर्गत गाडिएका अधिकांश चापाकलमा शुद्ध खानेपानी नआएको स्थानीयवासीको गुनासो छ। योजनाअन्तर्गत जनकपुरभित्र १८ र ग्रामीण क्षेत्रमा ७५ वटा चापाकल गाडिएको बताइएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 12, 2019| 07:42 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।