बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उम्मेदवार टुंगो लगाउन राजपा अध्यक्षमण्डलको बैठक जनकपुरमा

उम्मेदवार टुंगो लगाउन राजपा अध्यक्षमण्डलको बैठक जनकपुरमा

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलको बैठक मंगलबार जनकपुरमा बस्दै छ ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

जनकपुरधाम– राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलको बैठक मंगलबार जनकपुरमा बस्दै छ ।

triton college

आगामी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन अध्यक्षमण्डलको बैठक बस्न लागेको हो ।

बैठकमा भाग लिन अध्यक्षमण्डलका सदस्यहरु जनकपुर पुगेका छन्।

स्थानीय तह उपनिर्वाचनमा मनोनयन दर्ताका लागि बुधबार बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म समय तोकिएको छ ।

अध्यक्षमण्डलको बैठकमा भाग लिन अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर अपरान्ह साढे एकबजे जनकपुर पुग्दै छन्।

corrent noodles
Metro Mart

स्थानीय तह निर्वाचनमा समाजवादी पार्टी (सपा) ले राजपासँग सहकार्य गर्ने निर्णय गरे पनि सहकार्यको सम्भावना न्यून रहेको स्थानीय नेताहरुको दाबी छ।

यसअघि राजपाले जितेको स्थानमा राजपा र सपाले जितेको स्थानमा सपाले उम्मेदवारी दिने मोटामोटी सहमति गरिए पनि सपाका उम्मेदवार निर्वाचित भएको सर्लाहीको एक वडामा राजपाले उम्मेदवारी दिने तयारी गरेपछि सहकार्यको सम्भावना टरेको बताइएको छ ।

यद्यपि अध्यक्षमण्डलको बैठकले यसबारे अन्तिम टुंगो लगाउने राजपाका एक नेताले बताए ।

मंसिर १४ गते प्रदेश २ को महोत्तरीस्थित पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि निर्वाचन हुँदै छ।

राजपाबाट निर्वाचित विनोद चौधरीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । राजपाले अध्यक्षका लागि चौधरीकी श्रीमतीलाई उम्मेद्वार बनाउने तयारी गरेको छ भने सपाले रामजनम यादवलाई अघि सारेको छ । 

यसैगरी नेपाली कांग्रेसले विजय यादव र नेकपाले विक्रम यादवलाई उम्मेद्वार बनाएको छ ।

प्रकाशित: Nov 12, 2019| 07:13 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।