शुक्रबार, वैशाख १४, २०८१

बंगलादेशी राष्ट्रपति तीन दशकपछि आज आउँदैछन् नेपाल

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारी
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार मध्यान्न काठमाडौं आइपुग्ने भएका हुन्।

triton college

तीन दशकपछि हुन लागेको बंगलादेशी राष्ट्रपतिको भ्रमणलाई भव्य बनाउन सरकारले विशेष तयारी गरेको छ । राष्ट्रपति हमिदलाई त्रिभुवन विमानस्थलमा औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ। त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीका साथै राजनीतिक दलका नेतासँग पनि उनले भेट गर्नेछन्।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिदले पोखरा तथा काठमाडौंका ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Nov 12, 2019| 02:11 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।