बिहीबार, वैशाख १३, २०८१

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सै लुकायो

संसदीय समितिले सरकारलाई निर्देशन दिदैँ गर्दा नापी विभागले भने तीन वर्षअघि नै लिम्पियाधुरासम्म समेटेर नक्सा बनाएको थियो । तर, नक्सा सरकारले लुकाएको छ ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले भारतले कालापानी क्षेत्र आफ्नो बनाउन खोजेपछि नेपालमा उत्पन्न भएको तरंगलाई मुख्य समाचार बनाएका छन् ।

triton college

भारतले राजनीतिक नक्सामै नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३७२ वर्गकिमी क्षेत्रफल आफ्नो बनाएपछि त्यसको नेपालमा चर्को विरोध भइराखेको छ ।

सोमबार संसदीय समितिले भारतले नक्सा निकालेसँगै नेपालको पनि नयाँ नक्सा जारी गर्न निर्देशन दिएको छ। कालापानी क्षेत्रमा स्थायी सुरक्षा क्याम्प राख्न सरकारलाई निर्देशन दिएको आजका पत्रपत्रिकाले लेखेका छन् ।

नेपालको नयाँ नक्सा जारी गर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिदैँ गर्दा नापी विभागले भने तीन वर्षअघि नै लिम्पियाधुरासम्म समेटेर नक्सा बनाएको थियो । तर, नक्सा सरकारले लुकाएको विषयलाई आजको अन्नपूर्ण पोस्ट्ले मुख्य समाचार बनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक नगरी थन्क्याइएको समाचारमा उल्लेख छ ।

corrent noodles
Metro Mart

नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ। लिम्पियाधुरामा तीनवटा गाउँ छन्। कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन्।

यस्तै अन्नपूर्णले कालापानी क्षेत्रमा सुरक्षा शून्य शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ भने तीन दशकपछि बंगलादेशी राष्ट्रपति नेपाल आउन लागेको विषयलाई महत्वका साथ पहिलो पृष्ठमा छापेको छ।

कान्तिपुर दैनिकले राज्य व्यवस्था समितिको ठहरः काली नदीको मुहान नै सीमा शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै सीमाका विषयमा भारतसँग तत्काल वार्ता थाल्न सत्तारुढ नेकपाबाटै दबाब बढेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

यस्तै तीन लाखमै मृगौला किनबेच भएको र प्रत्यारोपण समितिकै मिलेमतोमा नक्कली आफन्त बनाए मृगौला फेरेको विषयलाई कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले सरकार उपस्थित नहुँदा सम्प्रभुतामा खलल शीर्षकमा मुख्य समाचार छापेको छ ।

यस्तै उसले विद्यार्थीसँग असुली गरेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजविरुद्ध मुद्दा चलाउने भनि शिक्षामन्त्रीले दिएको चेतावनीलाई पनि प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिकाले भने महाकालीमा भारतले नेपालमाथि ठूलो घात गरेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले महाकालीमा महाघातः सिंगो सीमानदी भारतीय नहरमा शीर्षकमा खबर छापेको छ ।

महाकाली साझा हो, पानी आधा–आधा हो । तर, नेपालले ‘केही पानी पाउने’ भनेर अपमानपूर्वक शारदा सम्झौतामा गरिएको सर्तलाई महाकाली सन्धिले प्रस्तावनामै दोर्होयाएको छ । भारतका लागि पानीको कुनै सीमा नतोकेर अथाह पानी लग्न सक्ने प्रबन्ध गरिएको छ । भारतले अहिले हिउँदमा समेत १० हजार क्युसेक पानी लग्दा नेपालले १५० क्युसेक मात्रै पानी पाइरहेको नयाँ पत्रिकाले लेखेको छ ।

यस्तो हो नेपालको खास नक्सा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ?

नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक नगरी थन्क्याइएको छ।

नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ। लिम्पियाधुरामा तीनवटा गाउँ छन्। कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन्।

काली नदीको मुहान् लिम्पियाधुरा हो। त्यहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ। काली नदीको मार्गमा पार्वती कुण्ड पर्छ। पार्वती कुण्डको माथिदेखि छोटा कैलाश छ। पार्वती कुण्डमा काली पानी मिसिन्छ। त्यहीं काली मन्दिर पनि छ। काली नदीलाई स्थानीयमा कुटी याङ्दी भनिन्छ। त्यहाँ सौका समुदायको बसोबास छ।

सुगौली सन्धिअघि नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म थियो। सन्धिपछि नेपालको दुईतिहाइ भूमि गुमेको छ। सुगौली सन्धिमा कालीपारि नेपालले दाबी गर्ने छैन भन्ने उल्लेख छ।

सुगौली सन्धिको बुँदा ५ मा ‘नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारी वा वारिसका लागि काली नदीको पश्चिममा पर्ने देशसित सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन,’ उल्लेख छ।

तर भारत लामो समयदेखि कालीवारि आएको छ। उसले लिम्पियाधुराबाट करिब ३० किलोमिटरपूर्व भारतीय सीमा सुरक्षा फौज राखेको छ। कालापानीभन्दा ३० किलोमिटर पश्चिमसम्म लिम्पियाधुरा छ। लिम्पियाधुरा मात्र होइन, कालापानी र लिपुलेक पनि भारतीय कब्जामा छ।

कालापानीदेखि लिम्पियाधुरासम्मका तीन गाउँ कुटी, नाबी र गुञ्जीको जनगणना, मालपोत अभिलेख तथा अन्य ऐतिहासिक प्रामाण र दस्तावेजले नेपाल भएको पुष्टि गर्छ।

 

 

प्रकाशित: Nov 12, 2019| 01:28 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।