बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : प्राविधिक शिक्षा पढ्ने दलित विद्यार्थीका लागि विशेष कार्यक्रम

प्रदेश २ : प्राविधिक शिक्षा पढ्ने दलित विद्यार्थीका लागि विशेष कार्यक्रम

प्रदेश २ सरकारले प्राविधिक शिक्षा पढ्ने इच्छुक दलित विद्यार्थीका लागि विशेष कार्यक्रम ल्याउने भएको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

जनकपुरधाम- प्रदेश २ सरकारले प्राविधिक शिक्षा पढ्ने इच्छुक दलित विद्यार्थीका लागि विशेष कार्यक्रम ल्याउने भएको छ।

triton college

प्राविधिक शिक्षातर्फ इन्जिनियर, डाक्टर, कानून र पत्रकारिता पढ्न इच्छुक प्रदेशभित्रका दलित विद्यार्थीका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको हो।

दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार प्रदेशसभामा पारित भएसँगै दलित समुदायका विद्यार्थीहरुले प्रदेश सरकारले ल्याउने विशेष कार्यक्रम पाउने भएका छन्। भन्डै दुई महिनापछि सोमबार बसेको प्रदेशसभा बैठकले विधेयक पारित गरेको छ।

विधेयकमा स्नातकसम्म अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई शुल्क मिनहासँगै मासिक निर्वाह भत्ता, पाठ्यपुस्तक, ट्युसन शुल्क र पोसाकसमेत प्रदेश सरकारले उपलब्ध गराउने व्यवस्था छ।

विधेयकमा दलित समुदायलाई रासन कार्ड उपलब्ध दिइने व्यवस्था गरिएको छ। रासन कार्ड पाएका प्रदेशभित्र बसोबास गर्ने दलित समुदायलाई सहुलियत दरमा खाद्यात्र उपलब्ध गराइने व्यवस्था विधेयकमा छ।

corrent noodles
Metro Mart

यसैगरी विधेयकमा दलितमैत्री विद्यालय निर्माणका लागि विशेष कार्यक्रम बनाइ कार्यान्वयन गरिने विधेयकमा भनिएको छ। विधेयकमा दलितको लागि आरक्षित गरिएको सिटमध्ये पचास प्रतिशत महिलाको लागि सुरक्षित गरिएको छ।

स्थानीय तहमा गाउँपालिका अध्यक्ष वा प्रमुखले तय गरेको दलित सदस्यबाट चयन गरिएको व्यक्तिको संयोजकत्वमा स्थानीय जातिय विभेद तथा छुवाछुत अनुगमन समिति गठन गरिने विधेयकमा भनिएको छ।

प्रकाशित: Nov 11, 2019| 14:02 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।