बुधबार, वैशाख ५, २०८१

चिकित्सक संघले भन्यो, ‘डा. केसीका माग तत्काल पुरा गर’

नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीका माग पुरा गरी उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं-  नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीका माग पुरा गरी उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।

triton college

संघले सोमबार विज्ञप्ति जारी गरी विगतमा डा केसी र संघसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको पनि स्मरण गराएको छ।

संघका महासचिव लोचन कार्कीले जारी गरको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तह सम्म पुर्‍याई, सर्वसाधारण नागरिकहरुको सहज पहुँचका निम्ति पटक–पटक शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट नेपाल सरकार तथा नीति निर्माण तहमा रहेकाहरुलाई सजग गराउँदै आएका डा केसी र नेपाल चिकित्सक संघबीच बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व भएको संघको ठहर छ ।’

डडेल्धुरा अस्पतालले केसीको रक्तचाप कम हुँदै गएको,  मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको छ।

केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ।

corrent noodles
Metro Mart

यसैबीच केसीलाई काठमाडौं ल्याउनका लागि सरकारले पठाएको नेपाली सेनाको हेलिकप्टर उनी आउन नमानेपछि रित्तै फिर्ता भएको छ।

 

प्रकाशित: Nov 11, 2019| 10:14 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।