बिहीबार, वैशाख १३, २०८१

कालापानीबारे प्रधानमन्त्रीसँग आज जवाफ लिइने

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले कालापानीमा भारतले गरेको अतिक्रमणका विषयमा प्रधानमन्त्री केपीशर्मा ओलीसँग जवाफ मागेको छ ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले कालापानीमा भारतले गरेको अतिक्रमणका विषयमा प्रधानमन्त्री केपीशर्मा ओलीसँग जवाफ मागेको छ ।

triton college

मिनि संसद्समेत भनेर चिनिने समितिले प्रधानमन्त्रीालाई आज (साेमबार) जवाफ दिन बैठकमा डाकेको हो । सीमाजस्तो संवेदनशील विषय भएकाले प्रधानमन्त्रीलाई बैठकमा बोलाइएको समिति सभापति शशि श्रेष्ठले बताइन् ।

नयाँ संविधानअनुसार प्रतिनिधिसभा गठनपछि प्रधानमन्त्रीलाई समितिको बैठकमा पहिलोपटक डाकिएको हो। प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा र भूमि सुधारमन्त्री पदमा अर्याललाई पनि बैठकमा बोलाइएको छ।

उनीहरुसँग नेपालले कालापानी क्षेत्र रक्षाका लागि सरकारले गरेको काम र सो क्षेत्र नेपालकै हो भन्ने प्रमाणका विषयमा जवाफ मागिने भएको छ ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसबारेमा छलफल गर्न र आवश्यक जानकारी लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ।

corrent noodles
Metro Mart

नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालाई समेत आफ्नो बनाएर भारतले राजनीतिक नक्सा निकालेपछि त्यसको जनस्तरबाट चर्को विरोध हुँदै आएको छ ।

नक्सामा भारतले नेपालको ३७२ वर्गकिमि क्षेत्रफल आफ्नो बनाएको छ । भारतले कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ भने नेपाल सरकारले त्यो नक्सा स्विकार्न नसकिने बताएको छ ।

 

प्रकाशित: Nov 11, 2019| 02:35 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।