शनिबार, वैशाख ८, २०८१

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा घट्न सकेन संक्रमण दर

‘निषेध आदेश खुकुलो भएपछि मानिसहरुले मापदण्ड पालनामा लापरबाही गरेका छन् जसले गर्दा तेस्रो लहरको जोखिम उच्च छ।’
 |  बुधबार, भदौ १६, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, भदौ १६, २०७८

काठमाडौं– नेपालमा कोरोना संक्रमण दर स्थिर छ। हुन त कुनै समय ५० प्रतिशतसम्म संक्रमण दर पुगेको थियो तर पछिल्लो दुई महिनायता संक्रमणदर स्थिरजस्तै छ। नेपालमा यही वैशाखबाट कोरोनाको दोस्रो लहर सुरु भएको हो। 

triton college

पछिल्लो समय १५ देखि २५ प्रतिशतसम्म कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो एक साताको तथ्यांकअनुसार कोरोना संक्रमणको दर १६ प्रतिशत हाराहारीमा छ। विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण दर ५ प्रतिशतभन्दा तल भएमा मात्रै नियन्त्रण उन्मुख भएको भन्न सकिने बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार साउन पहिलो साता परीक्षण गरिएकामध्ये करिब २१ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने भदौ पहिलो साता यो प्रतिशत १९ थियो। 

भदौ ८ गते १७ प्रतिशत हाराहारीमा कोरोना संक्रमण देखिएको थियो। १४ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार ५२५ अर्थात् १७ प्रतिशतमा, भदौ ९ गते २ हजार ४८२ अर्थात् १६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै १० गते २ हजार ४३३, ११ गते २ हजार ६५ र १२ गते १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

‘निषेध आदेश खुकुलो भएपछि मानिसहरुले मापदण्ड पालनामा लापरबाही गरेका छन् जसले गर्दा तेस्रो लहरको जोखिम उच्च छ।’ 

निषेध आदेश खुकुलो हुनु र जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नाले कोरोना संक्रमण दर घट्न नसकेको विज्ञहरु बताउँछन्। मानिसले लापरबाही गर्दै जाँदा कोरोना संक्रमणको तेस्रो लहर आउने चेतावनी विज्ञहरुले दिइरहेका छन्। 

corrent noodles
Metro Mart

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार अहिले कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको छैन। उनले भने, ‘निषेध आदेश खुकुलो भएपछि मानिसहरुले मापदण्ड पालनामा लापरबाही गरेका छन् जसले गर्दा तेस्रो लहरको जोखिम उच्च छ।’ 

जनस्वास्थ्यविज्ञ डा. शरद वन्त कोरोना संक्रमणको दर जति दरमा घट्नपर्ने हो त्यो गतिमा घट्न नसकेको बताउँछन्। ‘संक्रमणदर स्थिर रहेको लामो समय भइसकेको छ, जसको मुख्य कारण मानिसले निषेध आदेश पालनामा लापरबाही गर्नु र सरकारी तयारी फितलो भएर हो। संक्रमणका स्रोत अझै चलायमान छन्’, वन्तले भने। 

नेपालीहरू दोस्रो लहरमा जुधिरहेको बुझाइ विज्ञहरुको छ। संक्रमण दर घटेर फेरि उच्च विन्दुमा पुगेको छैन त्यसैले नयाँ लहर सुरु भएको छैन। सरकारले भने तेस्रो लहरको चेतावनी दिइसकेको छ। 

‘भाइरसका परिवर्तित स्वरुपमा सधैँ एउटै व्यवहारले काम नगर्न सक्छ। भाइरस परिवर्तित हुँदै जाँदा त्यसको प्रभाव पनि फरक हुन सक्ने भएकाले नियन्त्रण तथा रोकथामका लागि नयाँ रणनीति पनि खोज्नुपर्छ।’ 

तेस्रो लहरले कति भयावह हुन सक्ने भन्ने विषयमा सहजै अनुमान लगाउन नसकिने भएकाले व्यवस्थापनको तयारीमा लाग्न वन्तले सुझाव दिए। उनले भने, ‘भाइरसका परिवर्तित स्वरुपमा सधैँ एउटै व्यवहारले काम नगर्न सक्छ। भाइरस परिवर्तित हुँदै जाँदा त्यसको प्रभाव पनि फरक हुन सक्ने भएकाले नियन्त्रण तथा रोकथामका लागि नयाँ रणनीति पनि खोज्नुपर्छ।’ 

सरकारले आइतबार सार्वजनिक गरेको सेरोप्रिभिलेन्स सर्वेक्षणमा ६८ प्रतिशत मानिसमा कोरोनाको एन्टिबडी देखिएको छ। यसलाई विज्ञहरुले सकारात्मक भनेका छन्। तर मन्त्रालयका प्रवक्ता पौडेल खोप लगाए पनि संक्रमण जोखिम रहने पौडेल बताउँछन्। ‘खोप लगाएपछि वा एकपटक कोरोना भएर एन्टिबडी बनिसकेपछि कोरोना हुँदैन भन्ने धेरै मानिसको भ्रम छ। यो गलत हो।’ 

सेरोप्रभिलेन्स सर्वेक्षण नतिजाले देखाएजस्तै स्तरमा एन्टिबडी विकास भएको भए अब बिस्तारै संक्रमणको गति पनि कम हुँदै जानुपर्ने विज्ञको भनाइ छ। भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे सर्वेक्षणको नतिजा सकारात्मक देखिए पनि त्यसको मात्रै भर पर्न नहुने बताउँछन्।

संक्रमण दर केही घटे पनि अस्पतालमा उपचाररत बिरामी गम्भीर हुने र धेरैजसोलाई अक्सिजनको सहारामा राख्नुपर्ने अवस्था छ। नयाँ भाइरस आयो भने खोपले पनि काम गर्न सक्छ भन्न सकिँदैन। हाम्रो शरीरमा बनेको प्रतिरोध क्षमतामा ह्रास ल्याउन सक्छ। त्यसैले फेरि कोरोना संक्रमण उच्च हुन सक्ने पाण्डेको आँकलन छ। 

सामाजिक दूरी कायम राख्नु र जनस्वास्थ्यका मापदण्ड पालना गर्नु व्यायाम र सन्तुलित भोजनमा ध्यान दिनुलाई संक्रमण रोक्न सबैभन्दा प्रभावकारी उपाय भएको विज्ञहरु बताउँछन्।

प्रकाशित: Sep 01, 2021| 07:15 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्