बागलुङ- प्रहरीले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्लाको काठेखोला गाउँपालिका-५, बिहुँबाट जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार बिहान चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठेखोला गाउँपालिका-५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए।
उनीहरूको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।