बाँके– ट्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको ज्यान गएको छ।
मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ। गए राति २ बजे ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षीय सुमनकुमार थारू र १५ वर्षीय सञ्जीव धम्लहवाको ज्यान गएको हो।
राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे१त २९०१ नं को ट्याक्टर र म२प ७०३४ नं को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवैको मृत्यु भएको थियो।
ट्याक्टरका चालक फरार छन् ।
रासस