शनिबार, वैशाख ८, २०८१

पुर्खाको नासो, जनताको हकः खुला टुँडिखेल

काठमाडौंको टुँडिखेलबाट अतिक्रमण हटाई यसलाई पुरानै स्वरुपमा फर्काउन 'अकुपाई टुँडिखेल' अभियान शुरु भएको छ ।
 |  शनिबार, कात्तिक २३, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, कात्तिक २३, २०७६

काठमाडौंमै जन्मे हुर्केका गायक योगेश्वर अमात्यको बाल्यकाल टुँडिखेलको सेरोफेरोमै वित्यो ।

triton college

त्यसबेलको ठूलो टुँडिखेललाई दौडेर फन्को लगाउने साथीहरुबीचको प्रतिस्पर्धा उनी अहिले रोमाञ्चित हुँदै सम्झन्छन् । “एक फन्को लगाउन निकै गाह्रो हुन्थ्यो,” उनी भन्छन्, “अहिलेको जस्तो सानो कहाँ थियो र ! वारपार आँखाले ठम्याउन गाह्रो । अहिले सानो टुँडिखेल हेर्दा विरक्त लाग्छ ।”

टुँडिखेलमाथि अतिक्रमण सरकारी निकायबाटै शुरु भएको हो। रानी पोखरी दक्षिणदेखि दशरथ रंगशालासम्म फैलिएको टुंडिखेललाई मिचेर रंगशाला बन्यो, सैनिक हेडक्वार्टरदेखि पार्टी प्यालेस बन्यो । उत्तरतर्फ खुलामञ्च र हाल वसपार्कले ओगटेको छ ।

सबै तस्बिर: दिनेश श्रेष्ठ

२०७२ को भूकम्पपश्चात धेरै काठमाडौंबासीले रात गुजार्ने सुरक्षित ठाउँ यही टुँडिखेललाई बनाए । त्यसपछि टुँडिखेललाई विपतको कुटी पनि भन्न थालियो । तर त्यहि विपतको कुटी अतिक्रमणको चपेटामा परेर खुम्चिंदै गएपछि अभियन्ताहरुले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु गरेका हुन् ।

काठमाडौंको मध्याभागमा रहेको टुँडिखेललाई खाली र खुला बनाउनको लागि सरकारलाई दबाब दिन ‘अकुपाई टुँडिखेल’को अभियान सुरु गरिएको हो ।

corrent noodles
Metro Mart

सार्वजनिक सम्पत्ति सर्वसाधारणको पहुँचका लागि संरक्षण गरेर राख्नुपर्ने दायित्व सरकारको भए पनि सरकाले नै दोहन गरेको अभियन्ताहरु बताउँछन् ।

संरक्षण गर्नुपर्ने निकायले नै त्यसको अतिक्रमण, दोहन र व्यापार गरिरहेकाले अभियान सञ्चालन गर्नुपरेको अभियानका संयोजक आलोक तुलाधरले बताए ।

उनी भन्छन्, ‘टुँडिखेल खेल्ने, घाम तापेर बस्ने, साइक्लिङ गर्ने तथा सामुदायिक सहभागिताको ठाउँ हो । तर, अहिलेकै जस्तो अवस्था रह्यो भने कुनै दिन यो नक्सामा मात्र सीमित हुनेछ ।”

अभियानको पहिलो चरणमा शनिबार खुल्लामञ्चलाई मानव साङ्लो बनाएर घेरिएको थियो । रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई पुरानै आकारमा फर्काउन अबको तीन महिनासम्म अभियानहरु सञ्चालन गरिने तुलाधर बताउँछन् ।

सार्वजनिक सम्पति जोगाउन जनता जाग्दा समेत सरकारले वास्ता नगरेकोप्रति अभियन्ताहरु आक्रोशित छन् ।

नेवा समाज समितिका अध्यक्ष शैलेश शाक्य भन्छन्, “टुँडिखेलको तीनसय वर्ष पुरानो लिखित इतिहास भेटिएको छ, रानीपोखरीदेखि दशरथ रंगशालासम्म खुला थियो भन्ने सबैलाई प्रष्ट छ । हाम्रो अभियान रानीपोखरीदेखि दशरथ रंगशालासम्म नै खुला हुनुपर्छ भन्ने नै हो ।”

अकुपाई टुँडिखेल अभियानमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता गगन थापा, काठमाडौं उप महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, शिक्षाविद् केदारभक्त माथेमा, कलाकारसहित विभिन्न पेशा र व्यवसायमा संलग्नहरुको ठूलो सहभागिता थियो ।

 

 

 

 

 

प्रकाशित: Nov 09, 2019| 06:54 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।