बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यमा समस्या आएपछि १२ वर्षीया बालिकाको गर्भपतन

स्वास्थ्यमा समस्या आएपछि १२ वर्षीया बालिकाको गर्भपतन

अछामकी १२ वर्षीया सुस्त मनस्थितीकी एक बालिकको थापाथलीस्थित प्रसुति गृहमा २२ हप्ताको गर्भपतन गराइएको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- अछामकी १२ वर्षीया सुस्त मनस्थितीकी एक बालिकको थापाथलीस्थित प्रसुति गृहमा २२ हप्ताको गर्भपतन गराइएको छ।

triton college

जन्म दिन नसक्ने र स्वास्थ्यमा जोखिम पर्ने भएकाले शुक्रबार बिहान गर्भपतन गरिएको अस्पतालले जनाएको छ।

अछामको रामारोशनकी १२ वर्षीया सुस्त मनस्थितिकी बालिकाको पेटमा गर्भरहेको थाहा भएपछि उनलाई काठमाडौं ल्याइएको थियो।

कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउन बयालपाटा अस्पताल ल्याउँदा उनको पेटमा गर्भ रहेको थाहा भएको थियो।

उमेर सानै भएकाले समस्या हुने जनाउँदै जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत उनलाई प्रसूति गृहमा ल्याइएको थियो।

corrent noodles
Metro Mart

गर्भपतनपछि बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनको पेटको गर्भ कसको हो भन्ने बारेमा अछाम प्रहरीले अनुसन्धन गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको छ।

प्रकाशित: Nov 08, 2019| 13:39 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।