शनिबार, वैशाख ८, २०८१

शे–फोक्सुण्डो पुग्यो बुलेट यात्रा

पशुपतिनाथबाट सुरु भएको मोटरसाईकल यात्रा डोल्पाको शे–फोक्सुण्डो ताल पुगेको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- पशुपतिनाथबाट सुरु भएको मोटरसाईकल यात्रा डोल्पाको शे–फोक्सुण्डो ताल पुगेको छ।

triton college

मोटरसाईकल यात्रा काठमाडौंको पशुपतिनाथदेखि डोल्पाको दुनैसम्म गरिएको छ भने दुनैबाट यात्रीहरु पैदल यात्रामा नेपालको सबैभन्दा गहिरो ताल शे फोक्सुण्डोमा पुगेका छन्।

कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन र भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लाग मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा पशुपति–फोक्सुण्डो यात्रा गरिएको हो।

काठमाडौंदेखि पहिलो पटक शे–फोक्सुण्डोतालसम्म बुलेट मोटरसाइकल यात्रा भएको आयोजक मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।

कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान र डोल्पा जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मोटरसाईकला यात्रा गरिएको थापाले बताए। उनले केन्द्रीय राजधानीदेखि कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुलामा जोड्न नसक्दासम्म तबसम्म कर्णालीको पर्यटन प्रर्वद्धन नहुने बताए।
टोली मोटरसाईकलमा चार दिनमा दुनै पुगेको थियो।

corrent noodles
Metro Mart

पहिलो दिन काठमाडौंदेखि दाङ, दोस्रो दिन जाजरकोट, तेस्रो दिन डोल्पाको त्रिपुरकोट र चौथो दिन दुनै बजार पुगेको थियो।

जाजरकोटदेखि डोल्पाको दुनैसम्मको सडक अफरोड रहेको छ। बाटोमा पुलहरु नहुँदा केही असहज भएको नासा बुलेट कल्बका अध्यक्ष प्रकाश लिम्बुले बताए।

भर्खरै मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पा जिल्लामा रहेको नेपालकै गहिरो ताल शे–फोक्सन्डो, विश्वकै उच्च मानव बस्ती धो–ताक्सी, २०५२ सालमा नेपालको हो भनेर पत्ता लागेको छार्का भोटको कु–गाउँ, नेपालकै एक मात्र शहरतारामा बोलिने काईके भाषा लगायतका अनगिन्ती प्रकृति सौन्दर्य भएर पनि उचित प्रचारप्रसार हुन सकेको छैन।

यस मोटरसाईकल यात्राले त्यस क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने नेपाल बुद्धिजीवी परिषद् डोल्पाका अध्यक्ष आड बहादुर लामाले बताए।

प्रकाशित: Nov 08, 2019| 10:17 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।