बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गोविन्दालाई वीरगंजमा न्यानो माया, नागरिकमा महोत्सवको उत्साह

गोविन्दालाई वीरगंजमा न्यानो माया, नागरिकमा महोत्सवको उत्साह

नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गरेको तीनदिने नेपाली चलचित्र स्वर्णिम महोत्सवका लागि बलिउडका सुपरस्टर नायक गोविन्दा वीरगंज पुग्दा उनका प्रशंसकहरु उत्साहित बनेका छन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

वीरगंज- नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गरेको तीनदिने नेपाली चलचित्र स्वर्णिम महोत्सवका लागि बलिउडका सुपरस्टर नायक गोविन्दा वीरगंज पुग्दा उनका प्रशंसकहरु उत्साहित बनेका छन्।

triton college

नेपाललाई आँफैमा ‘प्राकृतिक चलचित्रको देश’ भनेर प्रशंसा गरिरहने गोविन्दालाई आफ्नो आगनमा स्वागत गर्न पाउँदा वीरगंजवासीहरु उत्साहित बनेका हुन्।

खैरो रङ्गको पाइन्ट र सेता रङ्गको सर्टमा कालो चस्मा लगाएर वीरगंज उत्रिएका गोविन्दालाई प्रशंसकले सेल्फी नदिई सुखै दिएनन्।

तराई मधेसका कथा र कलाकारलाई समेत नेपाली चलचित्रमा समेट्निुपर्छ भन्ने मान्यताका साथ सुरु भएको महोत्सवमा वीरगंज उद्योग वाणिज्य संघको साझेदारी र सहयोग रहेको आयोजकले जनाएको छ।

महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ। प्रदेश सरकारले १० लाख, वीरगंज महानगरपालिकाले १५ लाख रुपैयाँ र प्रादेशिक पर्यटन पर्बद्र्धन समितिले थप रकम छुट्याएको छ।

corrent noodles
Metro Mart

चलचित्रले सांस्कृतिक विबिधतालाई उजागर गरेको छ : राष्ट्रपति

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आधा शताब्दी भन्दा बढीको गौरवशाली यात्रा पुरा गरेको नेपाली चलचित्र क्षेत्रले नेपालको बहु सांस्कृतिक, बहुभाषिक र भौगोलिक विबिधतालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छन्।

तीनदिने नेपाली चलचित्र स्वर्णिम महोत्सवलाई उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रपति भण्डारीले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति जनाउँदै विश्वस्तरमा स्थापित हुन प्रयासरत रहेकोमा यसका लागि उत्पादक, सर्जक, निर्देशक, कलाकार तथा चलचित्रकर्मीहरुको योगदानको उच्च प्रशंसा गर्दै थप सफलताको लागि अझै लगनशील भएर सक्रिय हुन आह्वान गरिन्।

उनले चलचित्र समाजमा बहुआयामिक प्रभावकारी, सशक्त माध्यम भएकाले यसले समकालीन् समाजको उत्थान गर्न उन्नत सामाजिक, साँस्कृत्तिक सन्देश प्रवाह गर्न एवं दर्शकहरुलाई स्वस्थ्य मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको भन्दै यसको गौरव र पहिचानका रुपमा रहेका प्राकृत्तिक, साँस्कृत्तिक र पुरातात्विक सम्पदालाई कलाको माध्यमबाट सृजनात्मक रुपमा उतारेर आफ्नो पहिचानलाई उजागर गर्न चलचित्र क्षेत्र मार्फत पनि विश्वमा अग्रसर बन्नु पर्ने बताइन्।

यसैगरी सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपालमा चलचित्र उद्योग कहिले शुरु भयो त्यो भन्दा पनि कुन परिवेशमा शुरु भयो र आजको आवश्यक्ता के हो त्यो हेर्दै चलचित्र उद्योगको विकास गर्नुपर्ने बताए।

चलचित्र क्षेत्रको ५२ वर्षको इतिहासमा नयाँ स्टार विन्दुको खोजीमा छौं, यसका लागि सबै जागरुक हुनुपर्छ, सरकार लागेर मात्रै नहुने भन्दै यो क्षेत्र मनोरञ्जनको क्षेत्र भएकोले यसको विकासका लागि सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले हामीले हाम्रो बीचको कलाकारहरुलाई पहिचान गर्नुपर्ने बताए।

यहाँ नेपालमा मात्र नभई विदेशमा समेत ख्याती प्राप्त गर्न सफल भएका नेपाली कलाकारहरुलाई स्थापित गर्न नसकेको गुनासो पोख्दै विदेशी कलाकारहरुलाई वाहवाही गर्नुभन्दा पनि आफ्नो बीच रहेका कलाकारहरुको वाहवाही गर्दै मनोबल बढाउनुपर्ने बताए।

नेपाली चलचित्रको विकासमा उत्पादकहरुको ठूलो महत्वपूर्ण भूमिका छ, त्यसको कदर गर्नुपर्छ तर हामी आफ्नै बीच रहेका कलाकारहरुलाई आकर्षणको केन्द्र बनाउन सक्नुपर्ने बताए।

चलचित्र निर्माता संघका उपाध्यक्ष तथा स्वर्णिम चलचित्र महोत्सवको संयोजक बिमल पौडेलको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले धन्यवाद ज्ञापन गर्दै औपचारिक उद्घाटन कार्यक्रमको समापन गरेका थिए।

प्रकाशित: Nov 07, 2019| 14:10 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।