बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • श्रममन्त्री विष्टले बैंकरहरुलाई भने, ‘मंसिर १४ भित्र कोषमा आबद्ध हुनुहोस्’

श्रममन्त्री विष्टले बैंकरहरुलाई भने, ‘मंसिर १४ भित्र कोषमा आबद्ध हुनुहोस्’

नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोष र यसको व्यवहारिक कठिनाईका बारेमा श्रममन्त्री गोकर्ण विष्टसँग बिहीबार भेटेर छलफल गरेका छन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोष र यसको व्यवहारिक कठिनाईका बारेमा श्रममन्त्री गोकर्ण विष्टसँग बिहीबार भेटेर छलफल गरेका छन्।

triton college

भेटका क्रममा बैंकरहरुले सामाजिक सुरक्षा कोषको व्यवहारिक कठिनाईका बारेमा खुलेर छलफल गरेका थिए।

बैंकरहरुले कोषमा रकम जम्मा गर्ने सबैलाई एउटै बीमा रकम रहेको भन्दै गुनासो गरेका थिए। उनीहरुले मासिक १० हजार जम्मा गर्ने र मासिक दुईलाख जम्मा गर्नेलाई पनि एउटै बीमा रकम भएकोप्रति मन्त्रीसँग गम्भीर आपत्ति जनाएका थिए।

त्यस्तै उनीहरुले बैंकर्सहरुले कोषमा रकम जम्मा गर्दा सम्पूर्ण परिवारको नै बीमा हुनुपर्ने, कोषमा रकम जम्मा गर्नेलाई ऋणको व्यवस्था हुनुपर्ने, पेन्सन पाउन ६० वर्ष नै कुर्नुपर्ने र कर प्रणाली व्यवहारिक हुनुपर्ने माग मन्त्री विष्टसँग राखेका थिए।

बैंकरहरुले भने, ‘बैंकबाट उपदान लिएर जाँदा पनि ३६ प्रतिशत कर तिर्नुपर्छ, पछि सामाजिक सुरक्षा कोषबाट रकम लिँदा पनि १५ प्रतिशत कर तिर्नुपर्छ यसो गर्दा बैंकरहरुले ५१ प्रतिशतसम्म कर तिर्नुपर्ने हुँदा समस्या पर्छ यस्तो समस्यालाई कोषले सम्बोधन गर्नुपर्छ।’

corrent noodles
Metro Mart

बैकरहरुको सम्पूर्ण गुनासो समाधान गर्ने गरी आफू अघि बढ्ने बताउँदै, मन्त्री गोकर्ण विष्टले करको विषय आफूहरुको नभएको हुँदा अर्थमन्त्रालयसँग समन्वय गर्ने बताए।

मन्त्री विष्टले बैंकरहरुलाई कोषमा आबद्ध हुन आग्रह गर्दै भने, ‘तपाईहरु कोषमा आबद्ध हुनुहोस्, तपाईहरु आबद्ध भएपछि अन्य ठूला कर्पोरेट संस्थाहरु पनि स्वतः कोषमा आबद्ध हुनेछन्।’

सामाजिक सुरक्षा कोषले कोषमा दर्ता हुने अन्तिम समय मंसिर १४ सम्मको तोकेको छ। बैंकरहरुसँग मन्त्री विष्टले मंसिर पहिलो सातामा नै कोषमा दर्ता हुन आग्रह गरेका छन्।

सो भेटमा बैंकरहरुले आगामी मंसिर १४ गतेपछि नियुक्त हुने कर्मचारीको हकमा मात्रै कोषमा दर्ता हुने व्यवस्था गर्न मन्त्री विष्टसमक्षा माग गरेका छन्। जवाफमा यस विषयमा कोषसँग छलफल गरेर अघि बढ्ने मन्त्री विष्टले बताए।

प्रकाशित: Nov 07, 2019| 11:49 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्