शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानबाट ‘उच्च मूल्य चुकाएर’ फर्कियो अमेरिका, यस्ता छन् प्रमुख घटनाक्रम

अफगानिस्तानबाट ‘उच्च मूल्य चुकाएर’ फर्कियो अमेरिका, यस्ता छन् प्रमुख घटनाक्रम

जेनरल फ्र्यांक मकेन्जीले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको बताए। उनका अनुसार अफगानिस्तानमा दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।
 |  मंगलबार, भदौ १५, २०७८

बीबीसी

बीबीसी

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– अफगानिस्तानबाट झन्डै २० वर्षपछि संयुक्त राज्य अमेरिकी सेना सेना फिर्ता भएका छन्। सेना फिर्ती अभियानको सुपरीवेक्षण गरेका जेनरल फ्र्यांक मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको जानकारी दिए।

triton college

उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको बताए। मकेन्जीका अनुसार अफगानिस्तानमा दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।

उनले भने, २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ।’ अमेरिकी मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो।  यस क्रममा ओसामा बिन लादेन तथा उनका थुप्रै अल कायदा समर्थकमाथि कारबाही भएको थियो।

ब्रिटेनका ४५० भन्दा बढी र अन्य देशका सयौँ मारिएका छन्। हताहत हुनेमा अफगानिस्तानका मानिस सबैभन्दा धेरै भए। केही अध्ययनले ६० हजारभन्दा बढी सुरक्षा फौजका सदस्य मारिएको दाबी गरेका छन्। सन् २००९ बाट संयुक्त राष्ट्रसङ्घले विवरण राख्न थालेयता झन्डै एक लाख ११ हजार सर्वसाधारणको मारिएका छन्। एउटा अध्ययन अनुसार युद्धका कारण अमेरिकाको झन्डै एक खर्ब डलर खर्च भएको छ।

अमेरिकी सेनाले छाडेपछि तालिबान विद्रोहीहरूले खुसीयाली मनाइरहेका छन् र देश पूर्ण स्वतन्त्र भएको बताइरहेका छन्।

corrent noodles
Metro Mart

अन्तिम सैन्य उद्धार विमान काबुल विमानस्थलबाट बाहिरिएसँगै त्यहाँको आकाशलाई पुनः अनिश्चयका काला बादलले ढाकेको छ।  गत ४० वर्षका विभिन्न यद्ध बेहोरिसकेका अफगानहरूका सामु अहिले जति अनिश्चयपूर्ण सङ्क्रमणकाल पहिले कहिल्यै थिएन। यो अनिश्चय अँध्यारोले ढाकिएको अनि त्रासपूर्ण छ। आगामी दिनमा के होला भन्ने केही ठेगान छैन।

देशभित्र रहेका तीन करोड ८० लाख अफगानका सामु अब तालिबानले कस्तो शासनशैली अपनाउला भन्ने प्रश्न टड्कारो भएको छ।

प्रमुख घटनाक्रम

सन् २००१ अक्टोबर ७ : अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला

सन् २००१ नोभेम्बर १३ : गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा

सन् २००९ फेब्रुअरी ७ : अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो

सन् २०१४ डिसेम्बर : नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित

सन् २०२० फ्रेबुएरी २९ : अमेरिका र तलिबानबीच अफगानिस्तानमा 'शान्ति ल्याउने सम्झौता' मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता

सन् २०२१ एप्रिल १३ : अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा

सन् २०२१ अगस्ट १६ : एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगर कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल

सन् २०२१ अगस्ट ३१ : अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा

प्रकाशित: Aug 31, 2021| 14:25 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।