बागलुङ- आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत बागलुङ २ (ख)मा राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार खिमविक्रम शाहीको उम्मेदवारी दर्ता भएको छ। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजमोका साझा उम्मेदवार हुन्।
उपनिर्वाचनका लागि नेकपा र राजमोका शीर्ष नेताबीच तालमेल गर्ने सहमति भएको थियो। अघिल्लो निर्वाचन पनि दुवै दलबीच सो क्षेत्रमा तालमेल भएको थियो।
यस्तै, सो क्षेत्रमा कांग्रेसका जितबहादुर शेरचन उम्मेदवारले दर्ता गराएका छन्। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवणर थिए । उक्त निर्वाचनमा शेरचन राजमोका टेकबहादुर घर्तीसँग तीन हजार मत अन्तरले पराजित भएका थिए।
घर्तीको निधनपछि प्रदेशसभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो।