शुक्रबार, वैशाख १४, २०८१

भारतसामु सरकार लाचार बन्यो : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएका छन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

दाङ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएका छन्। उनले कालापानी र लिपुलेक नेपालको अभिन्न अंग रहेको स्पष्ट पारे।

triton college

तुल्सीपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै थापाले सरकारले तुरुन्तै कूटनीतिक पहल गरी समस्या समाधान गर्न सरकारलाई सुझाव दिए।

नेपाली भूमि कब्जा गर्नु आपत्तिजनक भएको उनको भनाइ छ। उनले विदेशी हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने भन्दै लाचारीपन र आत्मसमर्पणवादी मानसिकताले मुलुकको स्वाधीनताको रक्षा हुन नसक्ने ठोकुवा गरे।

उनले राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाइ बहुमत प्राप्त गर्ने सरकार विदेशी हस्तक्षेपसामु निरीह, लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै स्वाधीनता रक्षाका खातिर कसैसँग सम्झौता हुन नसक्ने बताए।

प्रकाशित: Nov 07, 2019| 05:03 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।