शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विश्वका अति प्रदुषित राजधानीमा काठमाडौं सातौँ नम्बरमा

विश्वका अति प्रदुषित राजधानीमा काठमाडौं सातौँ नम्बरमा

विश्वका अति प्रदुषित राजधानीमा नेपालको राजधानी काठमाडौं सातौँ नम्बरमा परेको छ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं- विश्वका अति प्रदुषित राजधानीमा नेपालको राजधानी काठमाडौं सातौँ नम्बरमा परेको छ।

triton college

‘वर्ल्ड एयर क्वालिटी रिपोर्ट’ अनुसार काठमाडौं विश्वको सातौँ प्रदुषित राजधानीमा परेको बीबीसीले जनाएको छ।

पहिलो प्रदुषित राजधानीमा भने भारतको राजधानी नयाँ दिल्ली परेको छ। दोस्रो प्रदुषित राजधानीमा बंगलादेशको ढाका, तेस्रोमा अफगानिस्तानको काबुल तथा चौथोमा बहराइनको राजधानी मनामा परेको छ।

त्यस्तै पाँचौमा मंगोलियाको राजधानी उल्लनबाटर परेको छ भने छैटौँमा कुवेतको राजधानी कुवेत सिटी र सातौँमा काठमाडौँ परेको हो।

रिपोर्टअनुसार बेइजिङ आठौँमा, अबु धाबी नबौँमा र इन्डोनेसियाको राजधानी जाकार्ता १० औं नम्बरमा छन्। ११ औँ नम्बरमा युगाण्डाको राजधानी काम्पाला परेको छ भने भियतनामको राजधानी १२ औँ नम्बरमा परेको छ। पाकिस्तानको राजधानी इस्लामावाद १३ औँ अति प्रदुषित राजधानीमा परेको छ।

corrent noodles
Metro Mart

राजधानी बाहेक एसियाका सबैभन्दा बढी प्रदुषित सहर भने २२ वटा सहर भारतका मात्रै रहेको वर्ल्ड एयर क्वालिटी रिपोर्टमा उल्लेख गरिएको छ।

रिपोर्टअनुसार भारतको राजधानी नयाँ दिल्लीको प्रदुषणको लेभल औसतमा ११३.५ माइक्रोन रहेको छ।

दोस्रो नम्बरमा रहेको बंगलादेशको राजधानी ढाकाको औसत प्रदुषणको मात्र ९७.१ माइक्रोन रहेको छ।

काठमाडौंको औसत लेभल ५४.४ माइक्रोन रहेको छ।

समग्र प्रदुषणका हिसाबले भने बंगलादेश विश्वकै सबैभन्दा धेरै प्रदुषित देशमा पर्दछ।

त्यस्तै पाकिस्तानमा दोस्रोमा र भारत तेस्रोमा रहेका छन्।

रिपोर्टअनुसार अफगानिस्तान चौथो नम्बरमा, बहराइन पाँचौ, मंगोलिया छैटौँ, कुवेत सातौँ र नेपाल आठौं नम्बरमा रहेका छन्।

चीन प्रदुषणमा १२ औं नम्बरमा रहेको छ।

किन चीनभन्दा बढी भारत प्रदुषित ?

प्रदुषणको मुख्य कारकमा बढ्दो ट्राफिक, जैविक खनिजको प्रयोग गरिएका भट्टीहरु तथा ठूला औद्योगिक क्षेत्रहरु पर्छन्।

यी कुरा सबै सहरमा बढ्दो क्रममा रहे पनि भारतमा किसानहरुले पनि प्रदुषण गर्ने गरेका छन्। चीनमा किसानहरुले प्रदुषणको मात्रा घटाउँदा भारतीय किसानले बढावा दिइरहेका छन्। जसका कारण भारत चीनभन्दा बढी प्रदुषित बनिरहेको छ।

वन तथा वातावरण मन्त्रालयको वातावरण तथा वायु गुणस्तर अनुगमन कार्यालयका अनुसार नेपालमा सबैभन्दा बढी प्रदुषित सहर भने नेपालगंज हो।

जहाँको वायु प्रदुषणको मात्रा २६३ माइक्रोन रहेको छ। यो अति खतरनाक अवस्था हो। त्यस्तै दाङको प्रदुषणको मात्रा १५६ रहेको छ।

काठमाडौंको प्रदुषणको मात्रा अहिले रत्नपार्क क्षेत्रमा १५५ माइक्रोन रहेको छ।

त्यस्तै चितवनको सौराहाको १४२, पुल्चोक ललितपुरको १०६ र सिमराको प्रदुषणको मात्रा १०४ रहेको छ। यी सबै खतरनाक लेभलमा रहेका छन्।

प्रकाशित: Nov 06, 2019| 11:51 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।