गुलरीया- बर्दिया सदरमुकाम गुलरीयामा घरको बार्दली भत्किदा १ जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन्।
गुलरीया नगरपालिका–५ मा घरको बार्दली भत्किदा घरमुली ६० वर्षीया भविप्रसाद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। सडक बिस्तारका क्रममा भत्किएको घरको अगाडीपट्टीको भाग मर्मत गर्नेक्रममा बार्दली भत्किएर उनको मृत्यु भएको हो।
गम्भिर घाईते पौडेललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।
घर मर्मतमा खटिएका बढैयाताल गाउँपालिका–९ का ३३ वर्षीय मनकराम थारु र नबराज चौधरी गम्भिर घाईते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।
उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको ओलीले जानकारी दिए। अन्य दुई कामदारको भने प्रहरीले सकुशल उद्धार गरेको छ।