बिहीबार, वैशाख १३, २०८१

६२ वर्गकिमि नेपाली भूमि भारतले आफ्नो बनायो

भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दै लिम्पियाधुरादेखि लिपुलेकसम्मको ६२ वर्गकिमि नेपाली भूमि आफ्नो बनाएको छ । तर, यस विषयमा नेपाल सरकार मौन देखिएको छ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई प्राथमिकतामा पारेका छन् ।

triton college

आजको नयाँ पत्रिकाले भने भारतले औपचारिक रुपमा ६२ वर्गकिमि नेपाली भूमि आफ्नो बनाएको विषयलाई मुख्य समाचार बनाएको छ ।

भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दै लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमि आफ्नो बनाएको हो । तर, यस विषयमा नेपाल सरकार मौन देखिएको छ।

आजका अन्नपूर्ण पोस्ट्ले नेपाल वायुसेवाको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको अनियमितता काण्ड संसदीय समितिले गुपचुप राखेको खुलासा गरेको छ । उसले न्यारो बडी घोटाला गुपचुप शीर्षकमा मुख्य समाचार छापेको छ।

आजको कान्तिपुर दैनिकले भने रौतहट विस्फोटका साक्षीहरुको बयानलाई प्राथमिकताका साथ छापेको छ ।

corrent noodles
Metro Mart

यस्तै उसले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा स्थान दिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यः चाहिएका बेला मात्रै डायलसिस शीर्षकमा कान्तिपुरले खबर छापेको छ।

नागरिक दैनिकले भने रौतहट विस्फोटका मुख्य दोषि भनेर पक्राउ परेका पूर्वमन्त्री आलमको बयान सुरु भएको विषयलाई मुख्य समाचार बनाएको छ । बयान आज बुधबार पनि चल्नेछ।

यस्तै बिचौलियासँग धान किनेर खाद्य संस्थानले नै मिलेमतोमा भ्रष्टाचार गर्ने गरेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ।

नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको खुलेको छ। धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययनले देखाएको समाचारमा उल्लेख छ।

५७ वर्षअघि अतिक्रमित नेपाली भूमि अब औपचारिक रूपमै भारतीय नक्सामा

लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ ।

कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको छ । नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको वेला भारतले नेपाललाई फेरि झस्काएको छ ।

सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रूपमा निर्विवाद थियो ।

वि.सं. २०१८ मा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्ब्याङ र नाभी गाउँमा नेपालले जनगणना गराएको थियो । नेपाल सरकारका तत्कालीन जोनल अफिसर भैरव रिसाल (वरिष्ठ पत्रकार)ले सो क्षेत्रको जनगणना गराएका थिए ।

तर, सन् १८६० मा चीनसँग युद्धको दौरानमा भारत काली तरेर नेपाली भूमि अतिक्रमण गर्दै अघि बढ्यो । अतिक्रमण गर्दै भारतीयहरू लिपुलेक आए र त्यहीँबाट बगेको खोलालाई कालीनदी भनेर एकतर्फी रूपमा घोषणा गरे।

यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्गकिलोमिटर क्षेत्र भारतले कब्जा मात्र गरेन, नेपाली भूमि कालापानीमा भारतीय फौज बंकरसहित तैनाथ गरियो । भारतीय फौज सो क्षेत्रमा अहिले पनि परेड खेलिरहेको छ ।

कालापानीमा भारतको इन्डो–तिबेतियन बोर्डर पुलिस (आइटिबिपी) तैनाथ गरेपछि पनि भारत थामिएन । त्यसपछि थप ६२ वर्गकिलोमिटर पूर्व आइसकेको छ । यसरी सो क्षेत्रमा मात्रै भारतले ३७२ वर्गकिलोमिटर जमिन मिचिसकेको नयाँ पत्रिकाले लेखेको छ ।

न्यारो बडी घोटाला गुपचुप

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको ‘अनियमितता’ काण्ड संसदीय समितिले गुपचुप राखेको छ।

एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन लुकाएको छ।

‘गोप्य’ लेखी थन्क्याइएको प्रतिवेदन अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ। डा. दीपकप्रकाश भट्ट संयोजकत्वको उपसमितिले न्यारो बडी खरिदमा अनियमितता भएको प्रतिवेदन तयार पारेर समितिमा बुझाएको थियो।

सत्तासीन नेकपाकै केही नेताका कारण प्रतिवेदन समितिमा गुपचुप राखिएको उच्च स्रोतले बतायो। एयरबससँगको सम्झौता म्याद समाप्त भइसकेपछि पनि एउटा जहाजमा ६० करोड बढी मूल्य बढाएर खरिद गरिएको निष्कर्ष उपसमितिको छ। उपसमितिका अनुसार दुईवटा न्यारो बडी खरिदमा एक अर्ब २० करोडभन्दा बढी घोटाला भएको छ।

उपसमितिमा सांसदहरू दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरला यादव र सुदन किराती सदस्य थिए। उपसमितिले वैशाख १९ गते समितिमा प्रतिवेदन बुझाए पनि ‘गोप्य’ छाप लगाएर सार्वजनिक गरिएको छैन।

समितिले न्यारो बडीसम्बन्धी छानबिन प्रतिवेदनलाई ‘गोप्य’ राखेर वाइड बडी र चिनियाँ विमानसम्बन्धी उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयलाई पठाएको स्रोतले बतायो। उपसमितिलाई वाइड बडी, न्यारो बडी र चिनियाँ विमान खरिदसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी तोकिएको थियो।

प्रकाशित: Nov 06, 2019| 01:57 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।