बुधबार, वैशाख १२, २०८१

खुम्बुका ८ आकर्षण

सगरमाथाको काखमा रहेको खुम्बु क्षेत्र विश्व प्रख्यात छ। नेसनल ज्योग्राफिक, लोन्ली प्लानेटदेखि विश्वका प्रख्यात पर्यटन प्रकाशन गृहले यात्रीहरुलाई खुम्बुसम्म पुग्न हरेक वर्ष सिफारिस गर्छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

सोलुखुम्बु- सगरमाथाको काखमा रहेको खुम्बु क्षेत्र विश्व प्रख्यात छ। नेसनल ज्योग्राफिक, लोन्ली प्लानेटदेखि विश्वका प्रख्यात पर्यटन प्रकाशन गृहले यात्रीहरुलाई खुम्बुसम्म पुग्न हरेक वर्ष सिफारिस गर्छन्।

triton college

यो क्षेत्रमा वर्षेनी हजारौँ पर्यटक आउँछन् ।

आर्थिक वर्ष ०७५/७६ मा सगरमाथा क्षेत्रमा ५८ हजार ३० जना स्वदेशी तथा विदेशी पर्यटक आए।

खुम्बु क्षेत्रमा थुप्रै विश्वस्तरीय प्राकृतिक, सांस्कृतिक र साहसिक आकर्षण रहेका कारण विदेशी पर्यटक आकर्षित भएका हुन्।

यहाँका मुख्य आठ आकर्षण:

corrent noodles
Metro Mart

१. लुक्ला विमानस्थल

लुक्ला विमानस्थल । सबै तस्बिर: विराट अनुपम 

५२७ मिटर लम्बाइ र ३० मिटर चौडाइको लुक्ला विमानस्थल पर्यटकीय सिजनमा निकै व्यस्त रहन्छ । यसको औपचारिक नाम तेन्जिङ हिलारी विमानस्थल हो।

संसारकै जोखिमपूर्णमध्येको ठानिने यो विमानस्थलसम्मको उडानलाई पर्यटकहरु विशेष मान्छन्। हाल मन्थली विमानस्थलबाट लुक्लासम्म हुने दैनिक ४५ देखि ६० वटा उडानमा रोमाञ्च अनुभव गर्नेहरु अधिकांश विदेशी नै हुन्छन्।

२. सर्वोच्च शिखर सगरमाथा

खुम्बु क्षेत्रको विशेष सगरमाथा नै हो। ८८४८ मिटर अग्लो सगरमाथासँगै रहेका खुम्बुका अन्य हिमाल पनि अत्यन्तै आकर्षक पर्यटकीय प्याकेजमा पर्छन्।

८१५३ मिटर अग्लो चोयु, ८५११ मिटर अग्लो ल्होत्से, ८४७० मिटर अग्लो मकालु, ७८७९ मिटर अग्लो नुप्से, ६८५६ मिटर अग्लो प्राविधिक हिमाल आमादब्लम लगायतका अन्य हिमाल चुचुरा खुम्बु क्षेत्रका थप आकर्षण हुन्।

खुम्बुमा ६ हजार मिटर भन्दा माथिका २ सय भन्दा धेरै हिमचुचुरा भएको विभिन्न अध्ययनले देखाएका छन्।

३. नाम्चे बजार, खुम्जुङ गाउँ र शेर्पा संस्कृति

नाम्चे बजार

३४४० मिटरको उचाइमा अवस्थित नाम्चे बजारलाई सगरमाथाको प्रवेशद्वार भनिन्छ।

हिमाल आरोहण र ट्रेकिङ गर्नेहरुलाई आवश्यक सबै सुविधा भएको नाम्चे बजारमा सबैजसो पर्यटकीय सुविधा उपलब्ध छन्।

हरेक शुक्रबार र शनिबार नाम्चेमा हाटा लाग्छ। स्याङ्बोचे विमानस्थलमुनि टुसुक्क बसेको नाम्चेसँगै खुम्बुमा अन्य विभिन्न बस्ती पनि हेर्न, घुम्न र बस्न लायक छन्।

३७८० मिटर उचाइको खुम्जुङ, २६५० मिटर उचाइका दुङ्दे र नाङ्बुग गाउँ, २८३५ मिटर उचाइका मोन्जो र चुमोआ गाउँ, २६१० मिटर उचाइको फाक्दिङ गाउँ खुम्बुमा छन्।

यस्तै ३८२० मिटर उचाइको थामे र ३९२७ मिटर उचाइको थामोतेङ गाउँ, ३८४० मिटर उचाइको खुन्दे गाउँ, ३८१० मिटर उचाइको फोर्त्से गाउँ र ३९३० मिटर उचाइका पाङ्बुचे तेलिम र वेलिम पनि खुम्बुका सुन्दर गाउँ हुुन। बजार, गाउँ र बस्ती मात्रै हैन शेर्पा संस्कृतिका लागि पनि खुम्बु धनी छ। यहाँ तेङ्बोचे, पाङ्बोचे, थामे जस्ता गुम्बा पनि छन् ।

खुम्जुङ गाउँ

४. सुन्दर हिमाली ताल

खुम्बु उपत्यकामा ४७९० मिटर उचाइमा रहेको गोक्यो, ४९५० मिटर उचाइमा रहेको कोङ्दे, ४९९० मिटर उचाइको नोजुम्बा सो, ४७७२ मिटर उचाइको इम्जा, ४५९० मिटरको चोलोे, ४८७९ मिटर उचाइमा रहेको दोनाग हिमतालहरु खुम्बुमै छन् ।

४७५३ मिटर उचाइको दुवो सो तथा ४९५० मिटर उचाइमा रहेको नोक्यो सो जस्ता दर्जनौं सुन्दर हिमाली ताल खुम्बुका आकर्षक हुन्।

५. विश्व सम्पदा

खुम्बुको विश्व बजारमा बढेको सानको मुख्य कारण सगरमाथा मात्रै एक्लो हैन। सन् १९७६ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज सन् १९७९ मा विश्व सम्पदा सूचीमा युनेस्कोबाट सूचीकृत भएपछि नै खुम्बु क्षेत्रले विश्व बजार पाएको हो।

सगरमाथा नेपालको विश्व सम्पदा सूचीमा पर्ने पहिलो राष्ट्रिय निकुञ्ज हो। १ हजार १४८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा प्रकृति र संस्कृतिको विशिष्ट मौलिकता भएकैले यो विश्व सम्पदा सूचीमा परेको हो।

६. जैविक विधिधता

खुम्बु क्षेत्र जैविक विविधतामा अत्यन्तै धनी छ। यहाँ १९३ प्रजातिका चरा पाइन्छन् भने थार, घोरल, झारल जस्ता विभिन्न हिमाली जनावर पाइन्छन्। भोजपत्र, गुराँस, धुपीजस्ता हिमाली बोटबिरुवामा पनि खुम्बु धनी छ।

७. कालापत्थर र आधार शिविर

कालापत्थर

सगरमाथा जाँदा अन्तिम चिया पसल भएको स्टेसन हो गोरक्षेप। गोरक्षेपबाट साढे दुई घन्टा उकालो लाग्दा पुगिने ५५४५ मिटर अग्लो काला पत्थर खुम्बुको लोकप्रिय प्वाइन्ट हो।

आधार शिविरको ५३६४ मिटर उचाइबाट नदेखिने सगरमाथा कालापत्थरबाट सहजै देखिन्छ। २०६६ मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले संसारको सबैभन्दा अग्लो स्थानमा मन्त्रिपरिषद बैठक गराएको स्थानका रुपमा पनि कालापत्थर निकै चर्चित भयो ।

८. ‘थ्री पास’

खुम्बु क्षेत्रमा ‘थ्री पास’ (तीन भञ्ज्याङ)अन्त्यन्तै लोकप्रिय छन्। सगरमाथा क्षेत्रमा आउन चाहनेहरुले साना हिमाली डाँडा नाघेर यी भञ्ज्याङ पार गर्छन्।

थ्री पासअन्तर्गत ५४२० मिटर उचाइमा चोला पास छ। यस्तै ५३७० मिटर उचाइमा रेन्जो ला पास छ भने ५५४५ मिटर उचाइमा कोङ्मा ला पास छ ।

प्रकाशित: Nov 05, 2019| 13:48 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।