कास्की- समाजवादी पार्टी नेपालले आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट धर्मराज गुरुङलाई उम्मेदवार बनाउने भएको छ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले आज उम्मेदवार घोषणा गरेको हो।
उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले सबैलाई समान र सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।