शनिबार, वैशाख ८, २०८१

टोखा नगरपालिकाका ईन्जिनियरसहित ३ जनाविरुद्ध मुद्दा

घर निर्माण सम्पन्न प्रमाणपत्र बनाईदिएवापत सेवाग्राहीबाट पाँच लाख घुस लिँदै गर्दा पक्राउ परेका टोखा नगरपालिकाका ईन्जिनियरसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको छ।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं- घर निर्माण सम्पन्न प्रमाणपत्र बनाईदिएवापत सेवाग्राहीबाट पाँच लाख घुस लिँदै गर्दा पक्राउ परेका टोखा नगरपालिकाका ईन्जिनियरसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको छ।

triton college

नगरपालिकाका ईन्जिनियर दिनेश कुमार पाठक, लेखापढी व्यवसायी जयराम तिमिल्सिना र लायन्स ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका सवईन्जिनियर प्रशान्त चौधरीविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उक्त कार्य भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको सप्रमाण पुष्टि हुन आएको भन्दै अखितयारले चौधरीविरुद्ध भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय माग दावी गरेको छ।

यस्तै पाठकले चौधरीमार्फत घुस लिन लगाएको हुँदा उक्त कार्य भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदावी गरिएको छ।

प्रकाशित: Nov 04, 2019| 12:39 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।