बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जलविद्युत आयोजनाको सुरुङमा फसेका ४ जना मजदुरको मृत्यु

जलविद्युत आयोजनाको सुरुङमा फसेका ४ जना मजदुरको मृत्यु

बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन्।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

triton college
corrent noodles
Metro Mart

बझाङ- बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन्।
आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र फसेका उनीहरुलाई २४ घण्टापछि सोमबार ३ बजे बाहिर निकालिएको हो।
ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन्।
सोमबार दिउँसो हेलिकप्टरमार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले जानकारी दिए।
अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ।
एक हजार चार सय मिटर सुरुङ्ग खनिएकोमा आठ सय मिटर मात्र जानका लागि उपयुक्त रहेको आयोजनाले जनाएको छ।

प्रकाशित: Nov 04, 2019| 12:36 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।