बिहीबार, वैशाख १३, २०८१

आलमविरुद्ध ३ वटा मुद्दा, २० वर्ष सजायको माग

बम बिस्फोटका घाईतेलाई जिउँदै ईट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका अफताव आलमलाई २२ वर्ष कैद सजाय तोक्न माग गर्दै रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं- बम बिस्फोटका घाईतेलाई जिउँदै ईट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका अफताव आलमलाई ४५ वर्ष कैद सजाय तोक्न माग गर्दै रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

triton college


जिल्ला सरकारी वकिल कार्यालयले सोमबार निलम्वित सांसद आलमविरुद्ध बिभिन्न ३ वटा मुद्दामा २० वर्ष जेल सजायको माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।


उनीविरुद्ध त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २० वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोट गराई घाइते भएको ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष र बिस्फोट पदार्थ सम्बन्धी मुद्दामा २ वर्ष गरी वर्ष कैद सजाय हुनुपर्ने जिल्ला प्रहरी कार्यालयको राय अनुसार सजाय माग दाबी गरिएको जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।


बम विस्फोट घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्ने आलमसमेत उनका भाई महताव आलम, सहयोगीहरु मोविन आलम, शेख भदइ, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साह गरी ११ जनालाई विपक्षी बनाइएको छ। आलमबाहेक १० जना फरार छन्।


रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता आलम २०६४ चैत २७ गते बम विष्फोटमा घाइते भएका दुई नेपालीसमेत करिब दुई दर्जन युवालाई जिउँदै ईटाभट्टीमा हालेर जलाएको अभियोगमा गत असोज २६ गते पक्राउ परेका हुन्।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 04, 2019| 12:29 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।