शुक्रबार, वैशाख ७, २०८१

सरकारले प्रदेश प्रमुख हटाएकोमा कांग्रेसको आपत्ति  

सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकोमा नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।  
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं– सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकोमा नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।       

triton college

सरकारको निर्णयबारे नेपाल समयलाई प्रतिक्रिया दिंदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने काम गरेको बताए। 
उनले भने, "सरकारले गर्नु पर्ने काम धेरै बाँकी छन् तर सरकार अनावश्यक काम गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको छ।" 

उपनिर्वाचनको मुखमा प्रदेश प्रमुख हटाएर सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पनि उनको आरोप छ।  

"सरकार र  दलहरू निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा सरकारले नै निर्वाचनको मुखमा प्रदेश प्रमुख हटायो यो कत्ति पनि राम्रो कुरा होइन," शर्माले भने । 

संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको उनले आरोप लगाए। 

corrent noodles
Metro Mart

अब पार्टीमा छलफलपछि सरकारको निर्णयबिरुद्ध कसरी अघि बढ्ने भन्ने योजना तय गरिने उनले जानकारी दिए। 

आइतबार बेलुका सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाइ पदमुक्त गरेकी हुन् । 

केपी ओलीले सरकारको नेतृत्व गरेसँगै प्रदेश प्रमुखलाई हटाउने प्रयास गरिरहेको थियो । 

प्रकाशित: Nov 03, 2019| 14:02 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।