काठमाडौं- दुई दिन अस्पताल बसेर फर्किएका प्रधानमन्त्री केपीशर्मा ओली आज पुनः अस्पताल जाँदै छन् ।
गएको बुधबार र बिहीबार दुई पटक डायलासिस गराएका प्रधानमन्त्री ओलीको आज ग्राण्डी अस्पतालमा तेस्रो पटक डायलासिस हुने भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार प्रधान्मन्त्री ओली केहिबेरमै अस्पताल जाने तयारी छ ।
ओली अस्पताल जाने भएपछि बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक पछाडि धकेलिएको छ । आजै बस्ने भनिएको नेकपा सचिवालय बैठकको समेत टुंगो लाग्न सकेको छैन ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मृगौलामा फेरि समस्या आएपछि डायलासिस गराउनु परेको हो ।
मिर्गौलाले शरीरमा रहेको रगत शुद्ध बनाउन छाडेपछि शरीरबाट रगत निकालेर मेसिनमा पठाइ शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउने प्रक्रिया डायलासिस हो ।