काठमाडौं- काभ्रेपलाञ्चोकमा टिपर पल्टिँदा चालकको ज्यान गएको छ।
धुलिखेल नगरपालिका-११, बीपी राजमार्ग खण्डको पात्लेखेतमा टिपर दुर्घटना हुँदा सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा४ख ९४८५ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।