बिहीबार, वैशाख ६, २०८१

राष्ट्रिय टोलीमा भरतको पुनरागमन

फरवार्ड भरत खवासले नेपाली राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार घोषणा गरेको २३ सदस्यीय टोलीमा भरत र एलेन न्यौपानेले पुनरागमन गरेका हुन्।
 |  शनिबार, कात्तिक १६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १६, २०७६

काठमाडौं- फरवार्ड भरत खवासले नेपाली राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन्।

triton college

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार घोषणा गरेको २३ सदस्यीय टोलीमा भरत र एलेन न्यौपानेले पुनरागमन गरेका हुन्।

भरत विभागीय तालिमका लागि थाइल्यान्ड गएका कारण अघिल्ला छनोट खेलमा सहभागिता भएका थिएनन्। उनले फिफा विश्वकप छनोटका चार खेल गुमाएका थिए।

मुख्य प्रशिक्षक जोहान कालिनले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन्।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलअन्तर्गत एसिया दोस्रो चरणको छनोटको घरेलु खेलको तयारीमा रहेको नेपालले कात्तिक २१ गते म्यानमारसँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

corrent noodles
Metro Mart

मिडफिल्डर सुवास गुरुङ र मिक्चेन तामाङले पहिलोपटक टोलीमा स्थान बनाउँदा कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, विशाल राई र हेमन गुरुङ टिममा छैनन्।

मैत्रीपूर्ण खेलपछि नेपालले घरेलु मैदानमा विश्वकप छनोटका बाँकी चार खेल खेल्ने छ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले ४ अवे खेलमा ३ अंक जोड्दै समूहको चौथो स्थानमा छ।

नेपालले मंसिर ३ गते दशरथ रंगशालामा कुवेतसँग पहिलो घरेलु खेल खेल्दैछ। त्यस्तै, दोस्रो खेल चाइनिज ताइपेईसँग चैत १३, तेस्रो खेल अस्ट्रेलियासँग चैत १८ र समूहको अन्मित खेल जोर्डनसँग जेठ २२ गते घरेलु मैदानमा खेल्नेछ।

नेपाली टिम

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ र एलेन न्यौपाने

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डर : सुनिल बाल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्चेन तामाङ

फरवार्ड : भरत खवास, विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ

प्रकाशित: Nov 02, 2019| 07:14 शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।