शनिबार, वैशाख ८, २०८१

पहिलो पटक पशुपतिदेखि फोक्सुन्डोसम्म बुलेट राईड 

मनघरी फाउण्डेशन र नासा बुलेट क्लबको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिनाथदेखि नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डोसम्म बुलेट मोटरबाईक यात्रा सुरु भएको छ।
 |  शुक्रबार, कात्तिक १५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १५, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं- मनघरी फाउण्डेशन र नासा बुलेट क्लबको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिनाथदेखि नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डोसम्म बुलेट मोटरबाईक यात्रा सुरु भएको छ।

कर्णालीको पर्यटन प्रबद्र्धन र भ्रमण वर्षलाई सफल बनाउन रोएल इन्फिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका हुन्।

काठमाडौंबाट डोल्पाको दुनैसम्म बुलेट र्‍याली पुग्ने भएको हो। शुक्रबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको बुलेट र्‍याली एक साता लगाएर डोल्पाको फुक्सोन्डो तालसम्म पुग्ने छ।

शुक्रबार बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले राईडरलाई खादा लगाएर बिदाई गरे। पर्यटन राज्यमन्त्री बुढाले नेपाल सरकारले मनाउन  लागेको भ्रमण वर्ष २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए। 

काठमाडौंबाट हिँडेको राईडरको टोली पहिलो दिन दाङ, दोस्रो दिन जाजारकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने छ।

त्यसपछि टोली फोक्सुन्डाको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकास लिम्बुले बताए। र्‍यालीमा १२ वटा मोटरसाईकल रहेका छन्। नेपालको पर्यटन प्रबद्र्धनका लागि नासा क्लबले केही समयअघि मात्र काठमाडौंबाट भारतका लद्धाकसम्मको बुलेट राईड गरेको थियो। 

यसअघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो। प्रत्यक वर्ष नासाले यसरी नै बुलेट राईड गर्दै आएको छ। 

नेपालको पर्यटन प्रबद्र्धनमा नासाले उल्लेखनीय भुमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए।

जबसम्म केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तब्य स्थलहरुसम्म सडक सञ्जालबाट जोड्न सकिदैन तबसम्म कर्णालीको पर्यटनले गति लिन गाह्रो हुने भएकाले पशुपतिदेखि फोकसुण्डोसम्म मोटरसाईकल यात्रा गरिएको आयोजक मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।

मोटरसाईकल यात्रामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परामर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुम बहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहकार एवम् ज्योति विकास बैकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, मनघरी फाउण्डेशन सल्लाहकार डा. रविन खड्का, समाजसेवी एव डोल्पाका अगुवा लक्ष्मीकान्त उपाध्य, ठूलीभेरी नगरपालिकाका उप प्रमुख योगेन्द्र शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जगबहादुर बुढा, पर्यटन व्यवसायी जितेन्द्र झाँक्री लगायतले खादा ओढाएर विदाई गरेका थिए।

 
प्रकाशित: Nov 01, 2019| 10:56 शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।