शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, छानबिन गर्न समिति गठन

डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, छानबिन गर्न समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न नेपाल राष्ट्र बैंकले समिति गठन गरेको छ। 

सोमबार बिहान गभर्नर डा.चिरन्जीवी नेपालको अध्यक्षतामा बसेको नेपाल राष्ट्र बैंकको संचालक समितिले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। 

समिति संयोजकमा संचालक श्रीराम पौडेल छन् भने सदस्यहरूमा संचालकद्वय रामजी रेग्मी र सुवोधकुमार कर्ण रहेको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए। समितिले प्रतिवेदन बुझाएपछि त्यसआधारमा श्रेष्ठमाथि कारबाही हुने छ। 

समिति गठन भएसँगै श्रेष्ठ निलम्बनमा परेका छन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नर छानबिन प्रक्रिया अगाडि बढेसँगै स्वतः निलम्बनमा पर्ने व्यवस्था छ। 

श्रेष्ठमाथि लागेका आरोपमाथि छानबिन गर्नुपर्ने भन्दै आइतबार नै अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्र बुझाएको थियो। मन्त्रालयको पत्र पाएपछि आइतबार बसेको संचालक समितिले यसबारे निर्णय गर्न सकेको थिएन।  

श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको, एनसेललाई अदालतको निर्णय आउनुपूर्व नै लाभांश लैजान स्वीकृति दिएको बैंकको खराव कर्जा लुकाउन सहयोग गरेको, सुमार्गीको रकम फुकुवा गर्न सहयोग गरेकोजस्ता आरोप लागेका छन्। 

तर, उनी भने आफू आगामी गभर्नरको दावेदार भएकोले गभर्नर हुन नदिन आफूमाथि षड्यन्त्र भइरहेको बताउँदै आइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्