काठमाडौं- बंगलादेशले टी-ट्वान्टी क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको छ। भारत-बंगलादेशबीचको टी-ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत आइतबार राति भएको पहिलो खेलमा बंगलादेशले घरेलु टोली भारत सात विकेटले पराजित गर्यो । टी-ट्वान्टी क्रिकेटमा बंगलादेशले भारतलाई पहिलो पटक उसकै भूमिमा हराएको हो।
१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। बंगलादेशका लागि मुस्फिक्युर रहिमले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए। उनले ४३ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै अविजित ६० रन बनाए। त्यस्तै, सौम्य सरकारले ३९, मोहम्मद नइमले २६ र कप्तान मोहमुदुल्लाले अविजित १५ रन बनाए।
दिल्लीमा आइतबार राति भएको खेलमा बंगलादेशले भारतलाई सात विकेटले पराजित गरेको हो। १४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। बंगलादेशका लागि मुस्फिक्युर रहिमले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए। उनले ४३ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै अविजित ६० रन बनाए। त्यस्तै, सौम्य सरकारले ३९, मोहम्मद नइमले २६ र कप्तान मोहमुदुल्लाले अविजित १५ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ४१, रिसभ पन्तले २७ र श्रेयस ऐयरले २२ रन बनाएका थिए।
खेलको प्लेअर अफ दि म्याच मुस्फिक्युर घोषित भए।
तीन खेलको टी-२० क्रिकेट शृंखलामा बंगलादेशले १-० को अग्रता बनाएको छ।
एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४