शुक्रबार, वैशाख ७, २०८१

महराको थुनछेक बहस आज पनि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध परेको जबर्जस्ती करणी उद्योगमा मुद्दामाथि थुनछेक बहस सोमबार पुनः हुने भएको छ। आइतबार थुनछेक बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। 

महराको पक्षमा ३२ कानुन व्यवसायीले वकालतनामा दिएकाले बहस नसकिएको हो। आइतबार चारजना सरकारी वकिलले बहस गरेका छन्। प्रतिवादीको तर्फबाट दुईजना कानुन व्यवसायीले बहस गरेका थिए। 

महराको पक्षबाट कानुन व्यवसायी लवप्रसाद मैनाली र भोजराज आचार्यले बहस गरेका थिए भने सरकारको तर्फबाट सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, न्यायाधीवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सिर्जना ढकालले बहस गरेका थिए।

महराको तर्फबाट नाम चलेका वरिष्ठ कानुन व्यवसायी समेतले वकालतनामा पेस गरेका छन्। प्रतिवादीको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, कानुन व्यवसायी कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, मुरारी सापकोटालगायत ३२ जनाले बहसका लागि वकालतनामा दिएका छन्।

मुद्दाको बहस नसकिएकाले सोमबार निरन्तर अदालती प्रक्रिया अघि बढ्ने जिल्ला अदालतले जनाएको छ। 

संसद् सचिवालयकी एक महिला कर्मचारीले महराले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध गत असोज १२ मा उजुरी दिएकी थिइन्। जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध ५ देखि साढे ७ वर्षसम्मको जेल सजाय, क्षतिपूर्ति माग गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

महराले सार्वजनिक पदको दुरुपयोग गर्दै महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको भन्दै थप सजायसहित माग दाबीसमेत गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।