मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक स्थगित, प्रदेश प्रमुख नियुक्तिमा विवाद

मन्त्रिपरिषद् बैठक स्थगित, प्रदेश प्रमुख नियुक्तिमा विवाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझका लागि बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।

सातै प्रदेशका प्रदेश प्रमुख नियुक्तिका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो।

स्थगित हुनुको कारण भने नेकपाको आन्तरिक विवाद रहेको छ।

सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिबारे पार्टीभित्रै कुरा नमिलेपछि मन्त्रिपरिषद् बैठक नै बस्न नसकेको नेकपा निकट स्रोतले जनाएको छ।

यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले सातवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो।

अहिले नेकपाको करिब दुई तिहाईको सरकार रहेको छ। साथै समाजवादी पार्टी पनि सत्ता साझेदारका रुपमा रहेको छ।

नेकपाभित्रै को को व्यक्तिलाई प्रदेश प्रमुख बनाउने र ककस्को व्यक्ति पर्ने भन्नेमा कुरा मिल्न सकेको छैन।

सोमबार बिहान नेकपाले आन्तरिक छलफल गरेपछि दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना रहेको स्रोतको भनाइ छ।

सातवटै प्रदेशका प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै पदमुक्त गरेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।