शुक्रबार, वैशाख ७, २०८१

उपनिर्वाचनका लागि राप्रपाले टुंगो लगायो उम्मेदवार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उम्मेदवार टुंगो लगाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सबै रिक्त स्थानका लागि उम्मेदवार तय गरेको हो।

आइतबार बैठकपछि विज्ञप्ति जारी गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भक्तपुर १ (क) बाहेक अन्य सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको जनाएका छन्। 

यस्ता छन् राप्रपाले आइतबार गरेका निर्णयहरु

१. राप्रपाले आसन्न उपनिर्वाचनका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सबै रिक्त स्थानहरुमा उम्मेद्वारी दिनेछ।

२. राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको छ।

३. रिक्त स्थानीय तहहरु अन्तर्गत नगरपालिकाको मेयर÷उपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्षको उम्मेद्वार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ। 

४. प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त स्थानमा हुने उपनिर्वाचनमा उम्मेद्वारी मनोनयन दर्ता गर्न पार्टीको वरिष्ठ नेतृत्व तहको नेतृत्वमा जुलुस सहित निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरिएको छ। जस अनुसार अध्यक्ष कमल थापा प्रतिनिधिसभा अन्तर्गत कास्कीको क्षेत्र नं. २ मा सहभागि हुनुहुनेछ। अध्यक्ष थापाको नेतृत्वमा उपाध्उयक्ष राजीव पराजुली, उपाध्यक्ष तोरण गुरुङ, गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङ र कास्कीबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ।

यसैगरी वरिष्ठ नेता दिपक वोहराको नेतृत्वमा दाङ क्षेत्र नंं ३ (ख) मा उपाध्यक्ष प्रेम बहादुर भण्डारी, महामन्त्री डा. धवल शमसेर राणा, प्रदेश नं. ५ का अध्यक्ष प्रदिप कुमार उदय र सम्बन्धित जिल्लाका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ। भक्तपुर १ (क) मा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा उपाध्यक्ष टंक ढकाल, उपाध्यक्ष रोशन कार्की, महामन्त्री राजेन्द्र लिङ्देन, प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापा र उपत्यकाका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ। यसैगरी वागलुङ क्षेत्र नं. २ (ख) मा उपाध्यक्ष भिम प्रसाद गौचनको नेतृत्वमा दिलविकास राजभण्डारी र देवी कँडेलको सहभागिता रहनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।