शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मलाई गभर्नर बन्न नदिने षड्यन्त्र भयो : डेपुटी गभर्नर श्रेष्ठ

मलाई गभर्नर बन्न नदिने षड्यन्त्र भयो : डेपुटी गभर्नर श्रेष्ठ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर शिवराज श्रेष्ठले आफूलाई गभर्नर हुन नदिन षड्यन्त्र भइरहेको बताएका छन्। उनले भने, ‘मलाई विभिन्न आरोप लगाएर गभर्नर बन्न नदिने षड्यन्त्र भइरहेको छ। तर, छानबिन भएमा सघाउन तयार छु।’ 

श्रेष्ठमाथि  बैंक तथा वित्तीय संस्थाका केही सीमित व्यक्तिलाई फाइदा पुग्ने गरी काम गर्दै आएको, एनसेललाई अदालतको निर्णयआउनुपूर्व नै लाभांश लैजान सहयोग गरेको र अजय सुमार्गीको रकम फुकुवा गर्न मुख्य भूमिका खेलेको आरोप लागेको छ।
उनीमाथि छानबिन प्रक्रिया अघि बढाउन अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ। छानबिन प्रक्रिया अगाडि बढाउनेबित्तिकै श्रेष्ठ निलम्बनमा पर्नेछन्। उनीमाथि लागेको आरोप पुष्टि भएमा पदबाटै बर्खास्त गरिनेछ।
गभर्नरका लागि अर्थमन्त्री डा. युवराज खतिवडाका तर्फबाट श्रेष्ठ र अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी सिफारिसमा परेका छन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २२ अनुसार डेपुटी गभर्नर तथा सञ्चालक पदमुक्त दफा २३ बमोजिम गठन भएको जाँचबुझ समितिको सिफारिसमा गर्नुपर्ने प्रावधान छ। 

नयाँ गभर्नरका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा तीन जना सम्मिलित समिति बनाउनुपर्नेछ। समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्छ। गभर्नर डा। चिरञ्जीवी नेपालको कार्यकाल चैतमा सकिँदै छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्