बिहीबार, वैशाख १३, २०८१

कोहलपुरका डिएसपीमाथि छानबिन गर्न समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीमाथि छानबिन गर्न आइतबार समिति गठन गरिएको छ। प्रहरी आचरण उल्लंघन गरिएको भन्दै उनीमाथि छानबिन गर्न लागिएको हो। 

प्रदेश ५ प्रहरीले यसबारे छानबिन गर्न प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। 

तरुण दल नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहको कारबाट बरामद गरिएको हतियार डिएसपीले आफै राखेको उनीमाथि आरोप छ।  

गत शुक्रबार डिएसपी शाही नेतृत्वको टोलीले नेपालगन्जको नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरी राखिएको बा१८च ४२११ कारमा लुकाई राखेको अवस्थामा अमेरिकन बुलेट पेस्तोलसहित तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहलगायत ६ जनालाई पक्राउ गरेको थियो।  

डिएसपीले आचरणविपरीतको कार्य गरेको भेटिए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गरिने प्रदेश ५ प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।