काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ।
शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-१ ले पराजित भएको हो। लेभान्टेको जितका लागि जोस कम्पाना, बोर्जा मायोरल र नेमान्जा राडोजाले गोल गरे।
बार्सिलोनका लागि कप्तान लिओनेल मेस्सीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १-० को अग्रता दिलाए।
दोस्रो हाफमा भने बार्सिलोना तीन गोल खान पुग्यो। ६० औं मिनेटमा लेभन्टेका जोसे काम्पानाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेट नबित्दै बोर्जा मायोरलको गोलमा लेभान्टेले २-१ को अग्रता लियो। दोस्रो गोल खाएको केही मिनेटमा नै लेभान्तेले ३-१ को अग्रता लियो। फ्रिकिकमा क्लेमेन्ट लेङलेटले क्लियर गरेको बललाई नेमान्जा राडोजाले गरेको प्रहार डिफेन्सलाई लाग्दै गोलमा परिणत भयो।
खेलको ७४ औं मिनेटमा मेस्सीले गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता दिएन।
हारपछि बार्सिलोनाको ११ खेलबाट २२ अंक छ। लेभान्टे १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४