शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • बेपत्ता तथा सहिद परिवार भन्छन्- सरकार हामीले कहिले न्याय पाउँछौं?

बेपत्ता तथा सहिद परिवार भन्छन्- सरकार हामीले कहिले न्याय पाउँछौं?

मोरङ कटहरीकी ५९ वर्षीया भुलुरदेवी सरदारको छोरा बेपत्ता भएको १७ वर्ष भयो। २० वर्षीय छोरो २०६१ सालमा विराटनगरबाट बेपत्ता भए। भुलुरदेवी जितियाको ब्रतमा थिइन्। छोरो बेपत्ता भएको ७ दिनपछि उनले खबर पाइन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, भदौ १५, २०७८

विराटनगर- मोरङ कटहरीकी ५९ वर्षीया भुलुरदेवी सरदारको छोरा बेपत्ता भएको १७ वर्ष भयो। २० वर्षीय छोरो २०६१ सालमा विराटनगरबाट बेपत्ता भए। भुलुरदेवी जितियाको ब्रतमा थिइन्। छोरो बेपत्ता भएको ७ दिनपछि उनले खबर पाइन्।

triton college

छोरा विराटनगरमा रिक्सा जोड्ने काम गर्थे। गरिबीका कारण पढाउन नसक्दा छोराले कक्षा ९ मै पढाई छाडेको थियो। उनले भनिन्, ‘एउटा छोरो थियो, दिनभर मजदुर गरेर हामीलाई पाल्दै आएको थियो।’

छोरो बेपत्ता भएदेखि आफू पीडामा रहेको उनले सुनाइन्। छोराका कुरा हुनासाथ उनी भक्कानिइन्। आँसु थाम्न सकिनन्। छोरो कस्ले बेपत्ता पार्‍यो उनलाई थाहा छैन। उनले भनिन्, ‘खोज्ने ठाउँमा खोजिसके तर फेला पानै सकिन।’

प्रहरी, प्रशासनमा उजुरी दिए पनि अहिलेसम्म अत्तोपत्तो नभएको उनले गुनासो गरिन्। सरकारले आफूहरूलाई कहिल्यै नहेरेको उनले बताइन्। भुलुरदेवीले भनिन्, ‘परिवारमा दुःख छ, सरकार हामी पीडितलाई हेरिदिनु पर्‍यो।’

कटहरी– ४ का मनोज कामतका दाई हरिश्चन्द्रलाई तत्कालीन सेनाले गोली हानी हत्या गरेको सोमबार १८ वर्ष भयो। २०६० साल भदौ १४ गतेका दिन सेनाले गोली हानी हत्या गरेको उनको आँखामा अझै पनि झल्झली आउने गरेको छ। ६ गोली हानेर हत्या गरेको उनले लुकेर हेरका थिए।

corrent noodles
Metro Mart
बेपत्ता तथा सहिद परिवारलाई न्याय दिनका लागि सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाए पनि आफूहरूले कुनै न्याय नपाएको रिजालको भनाइ छ। 

कामतले भने, ‘दाइ घरमा रहेको थाहा भएपछि सेनाले चारैतिरबाट घेरा हाल्यो।’ घर घेरा हालेर गोली हान्न थाले उनले भने। गोली हानेर घाइते बनाएपछि बिजुलीको पोलमा बाँधेको उनले देखे। उनले भने, ‘पोलमा बाँधेर फेरि गोली हानियो, दाइले पानी–पानी भनेर करायो।’ पानी भन्दा मुखमै गोली हानेर दाईको हत्या गरे कामतले सुनाए।

८०–९० जनाको सेनाको समूहमा हामीले गर्नसक्ने केही थिएन। हत्यापछि दाइको शव सेनाले लिएर गयो। हामीलाई लाश दिएन। माओवादी भएकै आधारमा मेरो दाइको हत्या गरियो। शव कहाँ लग्यो अहिलेसम्म हामीलाई थाहा भएन। शव माग्दा हामीलाई पनि मार्लान् कि भन्ने डर भयो उनले भने।

लुकेर दाइको काजक्रिया गरे पनि शव हामीले पाउन नसकेकोले अहिले पनि मन अशान्त रहेको उनले सुनाए। राज्यबाट तीन किस्तामा १० लाख पाए पनि अरु केही पाउन नसकेको कामतको भनाइ छ। द्वन्द्व पीडितको परिचय पत्र पनि आफूहरूले नपाएको उनले बताए।

सुनसरी बर्जु १ की ४५ वर्षीया देवी रिजाललाई आफ्नो भाइ कहिले फर्केला भन्ने अझै लाग्छ। २०५९ भदौ २५ गते साथीकोमा जाने भनेर सुनसरी तरहराको आँपगाछी गएको भाइ त्यसपछि घर फर्कर आएन। उनले भनिन्, ‘भाइ माओवादी निकट विद्यार्थी संगठनको नेता थियो। स्थानीय हरि गेलालको घरमा बसेको समयमा प्रहरीले घेरा हालेर पक्राउ गरेको घरमा त्यही दिन साँझ खबर आयो।’

सेनाको पूर्वी पृतना इटहरीमा भाइ रहेको उनले थाहा पाइन्। इटहरीमा धेरै पटक भाइलाई भेट्न जाँदा भेट गर्न नपाएको उनले बताइन्। इटहरी सेनाको ब्यारेकमा एक जना चिनजानका आर्मी हुँदासम्म भाइको अवस्थाबारे झण्डै ३ महिना जति थाहा भएको रिजालले सुनाइन्।

राजनीतिक दल र सरकारको इच्छाशक्ति नहुँदा बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक हुन नसकेको बेपत्ता परिवार समाज नेपालका केन्द्रिय अध्यक्ष रुपेश शाह बताउँछन्।

भाइको अवस्थाबारे परिवारलाई जानकारी दिने गरेको आरोपमा ती आर्मी पूर्वी पृतनाबाट सरुवा भएपछि भाइको अवस्था अहिलेसम्म अज्ञात रहेको उनले बताइन्।

बेपत्ता तथा सहिद परिवारलाई न्याय दिनका लागि सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाए पनि आफूहरूले कुनै न्याय नपाएको रिजालको भनाइ छ। बेपत्ताको अवस्था सार्वजनिक पनि सरकारले गर्न नसकेको उनले गुनासो गरिन्। रिजालले भनिन्, ‘आयोगले सत्तामा बसेर भत्ता पचाउने काम मात्रै गर्‍यो।’

राजनीतिक दल र सरकारको इच्छाशक्ति नहुँदा बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक हुन नसकेको बेपत्ता परिवार समाज नेपालका केन्द्रिय अध्यक्ष रुपेश शाह बताउँछन्। राजनीतिक दल र सरकारले इच्छाशक्ति देखाए बेपत्ताको अवस्था सार्वजनिक हुने उनको दाबी छ। दिगो रुपमा शान्ति स्थापना गर्नका लागि संक्रमणकालीन न्यायलाई टुङ्ग्याउनुपर्ने उनले बताए। शाहले भने, ‘सरकारले हरेक वर्ष बेपत्ता विरुद्धको दिवस मनाउन बाध्य नपारोस्, चाँडो समस्या समाधान गरोस्।’

प्रदेश १ का झापा , मोरङ र सुनसरीमा मात्र ५९ जना बेपत्ता भएको शाहले बताए। उनले देशभरी ३ हजार ३ सय बेपत्ता भएको उजुरी परे पनि बेपत्ताहरूको छानबिन आयोगले २ हजार ६ सय २२ जना भएको तथ्याङ्क निकाले बताए।

प्रकाशित: Aug 31, 2021| 09:00 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।